गोरखा, ७ जेठ २०७७ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
नेपाली काँग्रेस गोरखा अमेरिका सम्पर्क समितिका सचिव, नेपाली कांग्रेसका युवा नेता सोम भट्टले नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
उहाँले एक हजार आठ सय थान सर्जिकल माक्स उपलब्ध गराउनु भएको गोरखा कांग्रेस सचिव नन्द प्रसाद न्यौपानेले बताउनु भयो । साथै, उक्त स्वास्थ्य सामाग्री आवश्यकता अनुसार स्थानीय तहलाई वितरण गरिने उहाँले बताउनु भयो ।





































