- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बेलायतमा ६३ नेपाली कोरोनाका कारण निधन

May 16, 2020
496
Shares
- ADVERTISEMENT -

लण्डन, ३ जेठ २०७७ । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६३ नेपालीले ज्यान गुमाएका छन् । लण्डनस्थित नेपाली दूतावासले बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको जनाएको छ ।

कोरोनाको संक्रमणबाट ५२ पुरुष र ११ महिलाले ज्यान गुमाएका दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी दिएका छन् । अन्य केहीको पुनर्पुष्टि गर्नेकाम चलिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि गैर आवासीय नेपाली संघ (एनआरएनए) ले ६१ जनाको मृत्यु भएको जनाएको थियो । दूतावासका अनुसार ज्यान गुमाउने ५२ जना गोरखा र उनका परिवार सम्बद्ध छन् भने ११ जना गैर गोरखा समबद्ध रहेका छन् ।

दूतावासले गोरखा वेलफेयर ट्रष्ट, गोरखा भूतपूर्व सैनिक संघलगायतका संस्था र बेलायत सरकारले उपलब्ध गराएको तथ्याङ्कका आधारमा ६३ जनाको मृत्यु भएको जनाएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com