- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

दक्षिण कोरियामा स्याङ्जाका एक युवकको निधन । घटनाको आवश्यक छानबिन गरिने राजदुतको भनाइ

May 14, 2020
575
Shares
- ADVERTISEMENT -

कोरिया, १ जेठ २०७७ । ईपीयस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत ३३ वर्षीय खड्का बहादुर थापाको निधन भएको छ ।

स्याङ्जा जिल्लाको किचनास माथिल्लो चेप्टे घर भई विगत ७ वर्षदेखि कार्यरत थापा कम्पनीको नाईट ड्यूटी सकेर १२ तारिक बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका उनी साँझको ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीहरुले हेर्न जाँदा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

वैधानिक रुपमा कोरियाको पहिलो कार्यकाल अर्थात ४ वर्ष १० महिना पूरा गरेर फेरि दोश्रो कार्यकालका लागि कोरिया आएका उनका परिवारमा आमा, दुई दाईहरु र उनी स्वयं आफू कान्छा अनि अविवाहित हुन् । उक्त कम्पनीमा उनी सहित ५ जना नेपाली र ३ जना चाइनीज विदेशी कामदारको रुपमा रहेको मृतकका कम्पनी सहकर्मी गोरखाका रुपेश पुडासैनीले जानकारी गराए ।

अहिले मृतक थापाको शव ख्यङ्जु नजिकै शवगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र मृतकको शव व्यवस्थापनको बारेमा छिटै परिवारसँग सल्लाह गरिने नेपाली राजदुतावास सउलका कार्यवाहक राजदूत रामसिं थापाले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com