काठमाडौं, २९ बैशाख २०७७ । भारतले नेपाली भूमि लिपुलेक मिचेर १९ किलोमिटर सडक बनाएर उद्घाटनसमेत गरेको प्रति अहिले विश्वभरका नेपालीहरु आक्रोशित भएका छन् ।
उक्त क्रममा अमेरिकी सडकमा समेत पनि नेपाली झण्डासहित नेपालीहरुले ‘ब्याक अफ इन्डिया’ भन्दै नाराबाजी गरेका छन् ।
अमेरिकी राष्ट्रपति भवन अगाडि अमेरिकामा रहने नेपालीहरुले लिपुलेक नेपालको हो भन्दै ब्याक अफ इन्डिया भन्दै नाराबाजीसहित र्याली निकालेका हुन् ।
उक्त क्रममा राष्ट्रपति भवन अगाडि सवारी आवागनमा समेत असर पुगेको थियो ।
एनआरएनए राष्ट्रसंघसम्म पुग्ने
यसैबीच लिपुलेकमा भारतले सीमा मिचेर मोटरबाटो बनाएको भन्दै गैरआवासीय नेपाली संघ एनआरएनएले विश्वभरबाटै विरोधात्मक कार्यक्रम चलाउने भएको छ ।
एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठले एनआरएनले आफ्ना राष्ट्रिय समन्वय समिति मार्फत हरेक देशमा रहेका भारतीय दूतावासमा ज्ञापन पत्र बुझाउने बताए ।
त्यसैगरी नेपालको भूमि मिचिएको विरोधमा एनआरएनएले संयुक्त राष्ट्र संघ, सार्क सचिवालय र अन्य अन्तर्राष्ट्रिय निकायमा पनि विराध जनाउने भएको छ ।
भारतले गत शुक्रबार लिपुलेकमा मोटरबाटो बनाएर उद्घाटनसमेत गरिसकेको छ ।





































