Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१५:२९ बिहान
- ADVERTISEMENT -

अलपत्र नेपालीको उद्धारका लागि २० करोड ‘सिडमनी’ व्यवस्था गर्न माग

प्रकाशित मिति: २०७७ वैशाख २८, आइतबार

636
Shares

काठमाडौँ, २८ बैशाख २०७७ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ बाट प्रभावित मध्यपूर्वी मुलुकमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिएको छ ।

एनआरएनको मध्यपूर्व क्षेत्रका प्रतितिधि र नेपाली नियोगका प्रतिनिधि सहभागी ‘भर्चुअल’ बैठकमा कोभिड–१९ का कारण प्रभावित नेपालीको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो ।

बैठकमा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले सकारात्मक सूचना सम्प्रेषण गरी नेपालीको मनोबल उच्च बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले नेपाल सरकारले प्राथमिकता क्रम छुट्याई नेपाल जानै पर्ने अवस्थाका नेपाली नागरिकलाई नेपाल लैजाने तयारी गरिरहेको जानकारी दिएका थिए । कोरोनाका कारण कति समयसम्म अन्तर्राष्ट्रिय उडान रोकिन्छ भन्ने यकिन नभएकाले सो अवधिसम्म धैर्य गर्न उनले आग्रह गरे ।

सङ्घका अध्यक्ष कुमार पन्तले मध्यपूर्वमा रहेका नेपाली कामदारको स्वास्थ्यलाई लिएर आफूहरु अत्यन्तै चिन्तित रहेको भन्दै महामारीबाट बच्न सबैको सहयोगको खाँचो औँल्याए । सङ्घका उपाध्यक्ष बद्री केसीले नेपाली कामदारको उद्धारका लागि रु २० करोडसम्मको ‘सिड मनी’को व्यवस्था गर्न नेपाल सरकारलाई प्रस्ताव गरिएको बताए ।

सङ्घको वैदेशिक रोजगार समितिका संयोजकसमेत रहेका केसीले विदेशमा अलपत्र परेका ११२ नेपालीको शव नेपाल लैजान तत्कालै कदम चाल्नुपर्नेमा जोड दिएका थिए । बैठकले स्वास्थ्य टोली गठन गरी कोभिड–१९ बाट नेपाली प्रभावित भएका ठाउँमा परिचालन गर्नुपर्ने, हटलाइनको व्यवस्था गरी समस्यामा परेका नेपालीलाई सहयोग गर्नुपर्ने, राहत तथा औषधिका लागि स्वास्थ्य कोषको व्यवस्था गर्नुपर्नेमा जोड दिएको थियो ।

एनआरएनए हङकङद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् हङकङले कोभिड–१९ को विरुद्ध प्रयोग गरिने स्वास्थ्य उपकरण सरकारलाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित कार्यक्रममा ५० थान आइआर थर्ममिटर र चार हजार थान केएन नाइन्टी फाइव मास्क हस्तान्तरण गरिएको हो । सङ्घका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेललाई उक्त सामग्री हस्तान्तरण गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -