- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

साइप्रसमा बस्दै आएका चितवनका २१ वर्षिय विवेकको हत्या

May 7, 2020
910
Shares
- ADVERTISEMENT -

साइप्रस, २५ बैशाख २०७७ । साइप्रसमा एक नेपाली युवाको हत्या भएको छ । उनको चक्कु प्रहार गरी हत्या भएको हो | ज्यान गुमाउनेमा चितवनको रत्ननगर नगरपालिका–१२ का २१ वर्षीय विवेक अम्मगाई रहेका छन् ।

साइप्रसको राजधानी निकोसिया नजिकैको इभिचिउमा मंगलबार राति साथि साथि मिलेर रक्सी खाएका थिए । साइप्रसका प्रहरीले दिएको जानकारी अनुसार उनको आफ्नै कोठामा बस्ने साथी सुवास गिरीले चक्कु प्रहार गरी हत्या गरेको बताइको छ ।

- ADVERTISEMENT -

Advertisement

गम्भिर घाइते भएका विवेकको अस्पतालमा निधन भएको हो । सँगै कोठामा बस्ने २२ वर्षीय सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निकोसियाको इभ्रीचिउ गाउँमा एउटै घरमा बस्दै आएका नेपाली बिच झगडा हुँदा चक्कु प्रहार गरि हत्या भएको प्रहरीको भनाइ छ ।

स्थानीय मिडियाका अनुसार चक्कु प्रहार गरी गम्भीर घाइते बनाएपछि आरोपीले स्थानीय प्रहरीमा सो घटनाको जानकारी दिदै आत्मसमर्पण गरेका थिए । पीडितलाई घटनास्थलमा बाट प्रहरीले उद्दार गरि अस्पताल पुर्‍याउदा डाक्टरले मृत घोषणा गरेको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com