Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:२४:१५ बिहान
- ADVERTISEMENT -

साउदीस्थित नेपाली राजदूतावास : अकमाको म्याद सकिएकाले सम्पर्क गर्न आग्रह

प्रकाशित मिति: २०७७ वैशाख २४, बुधबार

958
Shares

काठमाडौं, २४ बैशाख २०७७ । साउदी स्थित नेपाली राजदूतावासले अकमाको म्याद सकिएका, नवीकरण नगरिएका नेपालीलाई दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

दूतावासले ५ महिना भन्दा लामो समय सम्म अकमा नबनाएका नेपालीलाई सम्पर्क गर्न अनुरोध गरेको हो । विभिन्न कारणले गैरकानूनी हैसियतमा पुगेका नेपालीको संख्या दैनिक बढ्दै गएको दूतावासले जानकारी गराएको छ । साथै भगौडा भएका तर कुनै केस नलागेका नेपाली पनि त्यतिकै मात्रमा रहेको बताइएको छ ।

उक्त अवस्थामा रहेका नेपालीले राजदूतावासको टेलिफोन नम्वरमा प्राथमिकतासाथ आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, पुरानो इकामा नम्वर, बोर्डर नम्वर, काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम जस्ता विवरणहरु टिपाउन दूतावासको अनुरोध छ ।

महिला, अशक्त विरामी भई नियमित औषधी सेवन गरिरहेका, दुर्घटनामा परी घाइते भएको अवस्थामा रहेकाहरुले समेत प्राथमिकताका साथ आफ्नो विवरण राजदूतावासमा टिपाउन सक्ने छन् ।

समस्या टिपाउदा टेलिफोन वा ह्वाट्स्एप वा इमेल कुनै एक माध्यमबाट मात्र टिपाउन सकिने दूतावासले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार ६ सय ५६ पुगेको छ । हिजो थप १६ सय ४५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ४ हजार ४ सय ७६ जना निको भएका छन् ।

हिजो ८ जना सहित जम्मा १ सय ९१ जना संक्रमितको मृत्यु भएको छ ।

आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएकोले सावधानीका लागि साउदी सरकारले अनुरोध गरेको छ । नेपाली नागरिकहरुमा संक्रमण भएको हकमा जानकारी दिन साउदी सरकारलाई अनुरोध गरिएकोमा सरकारले क्षेत्रगत हिसाबले जानकारी उपलव्ध गराउने भएको दूतावासले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -