Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५७:४४ बिहान
- ADVERTISEMENT -

जुम भिडियोकलमा तीन कोइराला नेतासगं सम्वाद सम्पन्न

प्रकाशित मिति: २०७७ वैशाख १९, शुक्रबार

1053
Shares

अमेरिका, १९ बैशाख २०७७ । गिरिजा प्रसाद कोइराला अमेरिकाको आयोजनामा राष्ट्रिय-अन्तराष्ट्रीय गिरिजा प्रसाद कोइरालासगं आबद्व भएका सबै संयोजक एवम् सल्लाहकार र एनआरएनका पदाधिकारीलाई आमन्त्रण गर्दै कोभीड-१९ को बारेमा छलफल सम्पन्न भएको छ । महामारीमा नेपाल सरकारको तयारी र कोरोना कहरको महामारी पछिको अर्थ व्यवस्था र नेपाली काग्रेंसको भुमीका भविष्य बिषयक जुम भिडियो कल मार्फत लाईभ बहस सम्पन्न भएको छ । वहस कार्यक्रम मा ५६ जना सहभागी हुनु भएको थियो ।

उक्त बहसमा प्रमुख अतिथि मा सुजता कोइराला, पुर्व उपप्रधान मन्त्री एवम गिरिजाप्रसाद कोइराला फाउण्डेशनका केन्द्रीय अध्यक्ष, विशिष्ट अतिथि डा शसाकं कोइराला, ससंद एवम् महामन्त्री नेपाली काग्रेंस र विशेष अतिथि डा शेखर कोइराला-केन्द्रीय सदस्य लगायत अन्य महानुभावको सहभागी हुनु भएको थियो ।

जिपि कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले कार्यक्रम संचालन गर्नु भएको थियो ।

लाईभ वहसमा नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद डा शसाकं कोइरालाले कोभिड-१९ को यो महामारीमा विश्वभर रहेका नेपालीहरुलाई सतर्क रहदै स्वस्थ रहन आग्रह गर्नु भयो । महामन्त्री कोइरालाले नेपाली काग्रेंस को १४ औ अधिवेशनवाट नयाँ नेतृत्वमा आउने दावी गर्दै नेपालमा अब कृषि क्रान्तिले अर्थ व्यवस्था उकास्न सहयोग गर्छ भन्नु भयो । महामन्त्रीले यस कोभीड-१९ ले हामी सबैलाई ठुलो चुनौतीसगं सगैं एउटा ठुलो अवसर दिएको जिकीर गर्दै अब हामीलाई नयाँ सोच र विचारको बहस गराउन वाध्य गर्यो भन्नु भयो ।

त्यसैगरी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रभावशाली नेता डा शेखर कोइरालाले नेपाल सरकार कोभिड-१९ रोक्न कुनै स्पष्ट कार्यक्रमको योजना नल्यएको बताउनु भएको छ । यस महामारी पछिको देशको अवस्थालाई सरकारले मुल्याङकन गर्न चुकेको उहाले भन्नु भयो । प्रभावशाली नेता कोइरालाले कांग्रेसले देशको निकास दिनका लागि सक्रियताका साथ अघि बढदै पार्टी को १४ ओेों अधिवेशन संगै २१ओों शताब्दीको हाई टेक्नोलोजि प्रयोग गर्दै समयमै गर्नु पर्ने धारणा राख्नु भयो । साथै, उहाँले काग्रंरेस अब पनि नसुध्रीए ठुलो घाटा हामी सबैलाई हुनेछ भन्नु भयो । सबैलाई सत्यको वाटोमा यात्रा गर्न आग्रह गर्दै सत्यको जित अवस्य हुन्छ उहाँले भन्नु भयो ।

कांग्रेसकी केन्द्रिय सदस्य, पूर्व उप-प्रधान मन्त्री एवम् गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजता कोइरालाले फाउण्डेशन मार्फत देशैभर विकास निर्माणको बाटो अवलम्बन गरेर नेपाली कॉंग्रेसको संघठन मज़बूत बनाउनु पर्ने विचार व्यक्त गर्नु भएको छ ।

सार्वजनिक स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउदै सबै जनताहरुलाई सरल र सुलभ स्वास्थ्य विमा गर्नु पर्छ भन्नु भयो र सरकारी विधालयहरुमा कप्युटर र ईन्टरनेट को सुविधा सबै विधार्थी हरुले पाउँनु पर्ने धारणा व्यक्त गर्नु भयो । यस फाउण्डेशन देशमा प्रजातन्त्र मजवुत गर्दै शान्ति र विकासका लागि कार्यहरु गर्दै जानेछ भन्नु भयो । फाउण्डेशनकी केन्द्रीय अध्यक्ष कोइरालाले सबैजनालाई स्वस्थ र सुरक्षित रहन आग्रह पनि गर्नु भयो ।

लाईभ जुम वहसमा अमेरिका लगायत विश्वभर रहेका गीरीजा प्रसाद कोइराला फाउण्डेशनसगं आवद्व संयोजक र सल्लाहकार तथा एनआरएनमा रहेका नेताहरुको उपस्थिति रहेको थियो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन क्यानडाका अध्यक्ष तुल्सी पौडेल र सल्लाहकार डा बिनोद पगेनी, मकाउकी अध्यक्ष निर्मला थापा मगर, दक्षिण कोरियाका अध्यक्ष डा अग्नि कोइराला, ओसेनियाका अध्यक्ष रमेश छत्कुली, तासमानियाका अध्यक्ष नवराज मुडवरी र एडेलेडका अध्यक्ष दिलीप कुमार पोख्रेल, जापानका अध्यक्ष कुमार कार्की, युरुपका सल्लाहकार डा शिवाजी श्रेष्ठ, अमेरिकाका सल्लाहकार मोहन सिहं बिष्ट -सस्थांपक सदस्य जनसम्पर्क समिति ( वी।पी। वावु सगं,बम्बे, भारत), न्यु जिलेन्डका सल्लाहकार बुद्वी सागर घिमिरे, प्रदेश-३ संयोजक रीता खनालले आ-आाफ्नो मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी, मन्तव्य्का क्रममा नेजससअका पुर्व संयोजक बिष्णु सुवेदी, एनआरएन अमेरिकाका पुर्व अध्यक्ष डा केशव पौडेल, एनआरएन अमेरिका पुर्व सिनियर उपाध्यक्ष कृष्ण पोख्रेल, एनआरएन संयुक्त राज्यका नेता आर के त्रीपाठी, लायन्स क्लब नेपालका गोभरनर राजन खत्री, प्रोफेसर डा केशव भट्टराई, पुर्व नेवि सघं केन्द्रीय सदस्य ज्ञानल थापाहरुले आफ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्ले, मनार्थ सदस्यहरु देशराज संयोग, कृष्ण राज गीरी र भरत अर्याल, केन्द्रीय सदस्य बिनोद थापा, सुर्य सिमखडाका साथै क्यानडावाट उपाध्यक्ष निरन्जन थापा, महासचिव विद्याभुषण कार्की, सचिव उज्जल गौतम, प्रवक्ता राम कृष्ण रेग्मी, केन्द्रीय सदस्य प्रमेस गुप्ता, दक्षिण कोरीयाका महासचिव किशोर कोइराला, नेपाल ट्रेड युनियन काग्रेंसका ससक्त नेता टी पी खनाल, नेवि सघं पुर्व महामन्त्री डा यादव पण्डीत, ने का नेता विनोद भट्ट, ने का नेता नारायण खनाल-क्यालिफोर्नीया, एनआरएन अमेरिकाज क्षेत्रका डी आर सी राम सी पोख्रेल, ने का नेता ज्ञानेन्द्र कार्की-टेक्सस, नेवि सघं अमेरिका का पुर्व सभापति प्रभात सापकोटा, नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अन्नत राज सुवेदीहरु को पनि सहभागिता रहेको थियो । युरोपकी संयोजक सीता सापकोटाले टाईम जोन नमिलेको ले उपस्थित हुन सकेनौ भन्नु भयो ।

अध्यक्ष सोमनाथ घीमीरेले गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड-१९ को महामारीको चपेटामा पर्नु भएका न्यु-यार्कका नेपालीहरुलाई यस फाउण्डेशनले आफ्नो तर्फवाट सक्दो सहयोग गर्दै सेवा नै धर्म हो भन्ने मुल नाराका साथ फाउण्डेशन अघि बढी रहेको छ भन्नु भयो ।

वहस कार्यक्रमको अन्तिममा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले धन्यवाद ज्ञापन गर्नु भयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -