- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एनसीसी कतारद्वारा राहत वितरण

April 28, 2020
651
Shares
- ADVERTISEMENT -

कतार, १६ बैशाख २०७७ । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा कतारका श्रमिकहरुलाई राहत वितरण गरेको छ ।

बिश्वभरी फैलिएको कोरोना भाइरस (केभिड-१९) आज महामारीको रुपमा फैलिदै गइरहेको छ । कोरना भाइरस (कोभिड १९) ले कतारमा रहेका नेपाली समुदायमा पर्न गएको असर प्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनसीसी कतार) द्वारा राहत वितरण गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

कतारका विभिन्न ठाउँमा रहेका कोरना भाइरसको समस्याबाट प्रभाबित ६३ जना नेपाली श्रमिकहरुलाई खाद्यान्नको राहत हस्तान्तरण गरिएको छ । जस अन्तर्गत ६० जना महिलाका लागि चामल १७५ किलो, तेल २० लिटर, दाल १५ किलो, प्याज ३० किलो, आलु ५० किलो, चना र ३ जना पुरुषका लागि चामल १५ किलो, दाल ३ किलो, सोयाबिन तेल ३ प्याकेट, नुन ३ प्याकेज, आलु ६ किलो, सिजनेबल तरकारी ६ किलो,टमाटर ५ किलो, र केही चाउचाउका प्याकेट राहत स्वरुप उपलब्ध गरिएको सचिवालयले जनाएको छ ।

राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी आईसीसी मध्यपुर्ब संयोजक प्रबिण गुरुङ्ग, एनसीसी परिवार र राहत तथा उद्दार समिति सदस्य्हरुको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com