- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाली कम्यूनिटी कोभिड-१९ आपतकालीन सहयोग समिति जापान गठन

April 26, 2020
637
Shares
- ADVERTISEMENT -

टोकियो, १४ बैशाख २०७७ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण जापानवासी नेपाली समुदायमा परेको प्रभाव न्यनिकरण तथा सहजीकरणका लागि,‘नेपाली कम्यूनिटी कोभिड-१९ आपतकालीन सहयोग समिति जापान गठन गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि शुक्रवार, नेपाली राजदूतावास जापान,एनआरएनए जापान तथा जापानस्थित विभिन्न सकृय संघसंस्थाहरुको सहभागीतामा भिडियो कन्फ्रेंसको माध्यमबाट सम्पन्न अनलाईन बैठकको सहयोग समिति गठन गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

नेपाली समुदाय कोभिड-१९ आपतकालीन सहयोग समिति जापान को प्रमुख संरक्षकमा राजदूत प्रतिभा राणा, संरक्षकहरुमा उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल,एनआरएनए आईसीसी निवर्तमान अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष देवमान हीराचन,एनआरएनए आईसीसी कोषाध्यक्ष महेश श्रेष्ठ रहनुभएको छ । समितिको सल्लाहकारहरुमा वर्तमान तथा पूर्व आइसीसी, एसीया प्यासिफिसिक संयोजक,उपसंयोजक र सदस्यहरु एनआरएनए जापान संरक्षक परिषद,एनआरएनए जापान उच्च स्तरीय बिज्ञसमिति,एनआरएनए जापान सल्लाहकार परिषद ,एनआरएनए जापान मानार्थपरिषद ,जापान स्थित सकृय संघ संस्थाहरुका प्रमुखहरुरहने व्यवस्था गरिएको छ ।

सोही समितिको संयोजकमा एनआरएनए जापानको अध्यक्ष देबिलाल भण्डारी तथा सदस्य सचिवमा महासचिव जनकबिक्रम शाही रहनुभएको छ । समिति अन्तर्गत, स्रोत परिचालन तथा मानव संसाधन प्रबंधन बिभाग ,स्वास्थ्य तथा जनचेतना बिभाग ,सरकारी निकाय समन्वय बिभाग ,खाद्यान्न तथा लजिस्टिक समन्वय बिभाग,आय तथा रोजगार समन्वय लगायतका बिभागहरु पनि बनाईएको छ । गठित विभाग प्रमुख तथा संचालन कार्यविधि भने ,प्रमुख संरक्षक ,संरक्षक र सल्लाहकार परिषदको बैठकबाट तय गरिने छ ।

- ADVERTISEMENT -

Advertisement

समितिले कोरोना संक्रमण र सुरक्षाका निम्ति सूचना प्रवाह तथा जनचेतना अझै ब्यापक गराउने, जापान सरकारले उपलब्ध गराउने राहत अथवा सुबिधाको वारेमा नेपाली समुदाय अझै प्रवाभकारी रुपमा सुसुचित गर्ने योजना रहेको सदस्य सचिव शाहीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com