- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

टोकियोमा कोरोना संक्रमित नेपाली ३ जना पुगे

April 22, 2020
611
Shares
- ADVERTISEMENT -

टोकियो, १० बैशाख २०७७ । जापानको टोकियोमा अर्का एक नेपालीमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। । यस पटक संक्रमण पुस्टि भएका, ३५ वर्ष उमेर समुहका पुरुष हुन् । यस अघि सोही रेस्टुरेन्टका अर्का पुरुषमा संक्रमण पुष्टि भएको थियो ।नेपाली राजदूतावाले दिएको जानकारी अनुसार उनलाई हस्पिटल भर्ना गरि उपाचारको प्रकृया अघि बढाईएको छ ।

यससंगै टोकियोमा २ तथा ईबाराकी केनमा १ गरि, जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ । यस मध्ये ईबाराकी केनमा संक्रमित भई उपचाररत नेपाली युवती भने निको भई घर फर्किसकेकि छिन् ।

- ADVERTISEMENT -

Advertisement

जापानभर कोरोना संक्रमण बढ्दै जाँदा नेपाली समुदायमा पनि संक्रमितहरु बढ्न थालेका छन्, टोकियो, साईतामा, चिबा, आईची तथा नागासाकीमा परिक्षण रिपोर्ट आउन बाँकी अन्य नेपालीहरु पनि रहेको बुझिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com