- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोभिड-१९ राहत कोषमा जापानबाट केशब अधिकारीले आर्थिक रकम हस्तान्तरण

April 18, 2020
806
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टोकियो, ६ बैशाख २०७७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले संचालन गरेको कोभिड-१९ राहत कोषलाई जापानबाट सफल ब्यवसायी केशब अधिकारीले ७ लाख सहयोग गर्नु भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीले चपेटमा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न एनआरएनएले संचालन गरेको कोषमा जापानबाट मनकारी अधिकारीले ७ लाख रूपैया आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।

गैर आवासीय नेपाली संघको कोषमा आज शनिवार उक्त रकम जम्मा गरेको बताउनु भयो । कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गर्दै अध्यक्ष कुमार पन्तले कोरोना पिडित र विदेशबाट नेपाल फर्किन चाहने नेपालीहरुका आर्थिक रुपमा सहयोग गर्न अपील गर्नु भएको थियो ।

उक्त कोषमा हालसम्म २ करोड ३० लाखभन्दा बढ़ी रकम संकलन भएको अभियानका संयोजक तथा एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो ।

बिश्ब अहिले नोबेल कोरोना भाइरस (कोभिड–१९) डर र त्रासमा छ । शक्तिशाली राष्ट्र अमेरिका बेलायत, चीन, भारतले पनि यो भाइरससंग लडाइ लडन भएको बलबुद्दा डाक्टर बिद्बानको साथ लिइ राखेको छ । आजको जटिल परिस्थितिमा सबैले सहयोग गर्न आवस्यक रहेको छ ।

यसै बिचमा सरकार, ग़ैरसरकारी संघसंस्था, ब्यापारी नागरिक हरेक जिम्मेवारी भएर रोगथामको अभियानमा जुटेकै छन ।

करिब २५ बर्षदेखी जापानको टोकियोमा बस्दै आइरहेका घादिङ जन्मघर भएका युबा व्यवसायी समाजसेबी, चौतारो कर्पोरेशन जापानका प्रमुख केशब अघिकारीले एनआरएनए कोभिड-१९ राहत कोषलाई नेपाली ७ लाख सहयोग गरेर देश र जनता प्रतीको समाजसेबी भाबना प्रकट गरेका छन ।

जापानमा ७ वटा रेष्टुरेण्ट संचालन गर्दै आउनु भएका अधिकारीले जापानबाट उक्त राहत कोषमा यो नै सबैभन्दा ठुलो रकम हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -