सिड्नी, ६ बैशाख २०७७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले कोरोना भाइरस पीडित विद्यार्थीका लागि १० लाख डलरको कोष स्थापना गरेका छन् ।
शेष घले र उनकी पत्नी जमुना घलेले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुका लागि उक्त कोष स्थापना गरेका हुन् ।
मेलवर्न र सिड्नीलाई केन्द्रित गरी कोष स्थापना गरिएको हो । मेलवर्न इन्स्टीच्युट अफ टेक्नोलोजी (मिट) मा अध्ययन गर्ने विद्यार्थीलाई उक्त कोषबाट सहयोग गरिने छ ।