काठमाडौँ, ५ बैशाख २०७७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) द्वारा नेपालका ७ वटा अस्पताललाई पिपिई (Personal Protective Equipment) (PPE) सेट हस्तान्तरण गरेको छ । आज शुक्रबार गैर आवासीय नेपाली संघले आफ्नो सचिवालयबाट ७ वटा अस्पतालहरुलाई १ सय २५ वटा पिपिई (Personal Protective Equipment ) सेट वितरण गरेको हो ।
उक्त पिपिई सेट वितरण कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष सोनाम लामा, एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप-संयोजक खगेन्द्र न्यौपाने, स्वास्थ्य समितिका उप-संयोजक शक्ति चौरसिया, प्रमुख कार्यकारी आधिकृत डा हेमन्त दबाडी र प्रमुख लेखा अधिकृत रबिना महर्जनको उपस्थिति रहेको थियो l
उक्त पिपिई सेट नारायणी अन्चल अस्पतालमा २५, सगरमाथा अन्चल अस्पतालमा २०, जनकपुर अन्चल अस्पतालमा २०, बारा जिल्ला अस्पतालमा १०, रौतहट जिल्ला अस्पतालमा १०, केन्द्रीय कारागार अस्पताल मा १५, भरतपुर क्यान्सर अस्पतालमा २५ गरी जम्मा ७ वटा अस्पतालहरुलाई १ सय २५ वटा पिपिई (Personal Protective Equipment ) सेट वितरण गरिएको गैरआवासीय नेपाली संघ सचिवालयले जनाएको छ ।
साथै, चाइनावाट १ करोड जतिको स्वास्थ्य सामग्री अर्को हप्ता नेपाल ल्याइने गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ
जानकारी दिनु भयो ।