Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३६:४२ दिउँसो
- ADVERTISEMENT -

कुनै कम्पनीले मन्त्रालयको निर्देशन उल्लङ्घन गरेमा कतारको कानुन अनुसार कारवाही

प्रकाशित मिति: २०७७ वैशाख ५, शुक्रबार

727
Shares

कतार, ५ बैशाख २०७७ । कतार सरकारले सम्झौता रद्द गरिएका कामदारलाई समेत रोजगारदाताले खानेबस्ने सुविधा उपलब्ध गराउनुपर्ने बताएको छ ।

कतारस्थित नेपाली राजदूतावासले हिजो प्रेस विज्ञप्ति जारी गर्दै रोजगारदाताको खर्चमा कामदार आफ्नो देशमा फर्कने प्रक्रिया पूरा नहुउन्जेलसम्म खानेबस्ने सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने कतार सरकारले जानकारी गराएको हो ।
काम बन्द नभएका क्षेत्रका कामदारलाई नियमित रूपमा करारअनुसार आधारभूत तलब सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने समेत कतार सरकारले बताएको छ ।

क्वारेन्टिनमा परेका वा संक्रमित भई उपचाररत रहेका कामदारले बिरामी बिदा उपलब्ध भए नभए पनि आधारभूत तलब सुविधा पाउने बताइएको छ ।

कुनै कम्पनीले मन्त्रालयको निर्देशन उल्लङ्घन गरेको पाइएमा कतारको कानुनअनुसार कानुनी कारवाही अगाडि बढाइने समेत कतार सरकारले स्पष्ट पारेको छ ।

हालको अवस्थामा सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्नका लागि कामदार र रोजगारताताबीचको सहकार्य आवश्यक रहेको कतारकोे भनाई छ ।

कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले हिजो प्रकाशित गरेको सूचना अनुसार कतारमा ५६ हजार ३८१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । साथै पछिल्लो २४ घण्टाभित्र एक हजार ८९७ जनाको परिक्षण गरिएको दूतावासले जानकारी दिएको छ ।

पहिचान भएका संक्रमितको संख्या चार हजार १०३ रहेकोमा पछिल्लो २४ घण्टाभित्र ३९२ जनामा थप संक्रमण देखिएको दूतावासले जानकारी दिएको छ ।

स्वास्थ्योपचार गराईरहेको संख्या ३ हजार ६८१ रहेकोमा पूर्ण रुपमा स्वास्थलाभ गर्नेकोे संख्या ४१५ रहेका छन् । साथै पछिल्लो २४ घण्टामा ९ जना निको भएका छन् ।

कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ७ जना रहेको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -