जापान, ३ बैशाख २०७६ । विगत केही समयदेखि जापानमा पेटको क्यान्सरसँग लडिरहेका काभ्रे जिल्लाको चौंरी देउराली गाउँपालिका वडा नं ३ (सलम्बु)का सानु तामाङ को उपचारार्थ नेपाल तामाङ समाज जापानले रू.१,०७५,८८५।- अर्थात् ९६१,५५६ येन सहयोग गरिएको छ।
नेपाल तामाङ समाज जापानको विभिन्न क्षेत्रीय समितिहरु र केन्द्रीय समिति गरी उक्त रकम संकलन गरिएको केन्द्रीय महासचिव बलराम थिङ तामाङले बताउनुभयो।
१. नेपाल तामाङ समाज जापानको केन्द्रीय समिति बाट -४१३२१८येन
२. नेपाल तामाङ समाज जापान- च्युबु (नागोया)क्षेत्रीय समितिबाट -२९२२२६ येन
३.नेपाल तामाङ समाज जापान- किताकान्तो (टोचिगी)क्षेत्रीय समितिबाट -११११००येन
४.नेपाल तामाङ समाज जापान- क्युस्यु(फुकुओका)क्षेत्रीय समितिबाट -१०५०००येन
५.नेपाल तामाङ समाज जापान- ओकिनावा क्षेत्रीय समितिबाट -४००१२येन संकलन गरिएको केन्द्रीय कोषाध्यक्ष गिर बहादुर तामाङ ले जानकारी दिनुभएको छ।
समाजको प्रतिनिधिहरू बिरामी सानु तामाङ को निवासमा पुगेर अवस्था बुझेपछि समाजको अगुवाइमा आर्थिक संकलन अभियान संचलन गर्न सबै क्षेत्रतिर केन्द्रीय समितिले आव्हान गरिएको थियो।
कोरोना भाइरसको प्रभावका कारण समाजले बिरामी सानु तामाङको खातामा उक्त रकम जम्मा गरिएको छ। आर्थिक आभाव र क्यान्सर बाट पीडित भई चिन्तित रहेका सानु तामाङले आर्थिक सहयोग जुटे संगै खुसी र आफू बाँच्ने मा थप हौसला मिलेको बताउनु भएको छ।