Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१७:१३ दिउँसो
- ADVERTISEMENT -

गैर आवासीय नेपाली संघ, मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन

प्रकाशित मिति: २०७६ चैत २४, सोमबार

1054
Shares

दोहा, २४ चैत २०७६ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि गैर आवासीय नेपाली संघ, मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन गरेको छ ।

एनआरएनए मध्यपूर्व संयोजक एवं कतारका सफल व्यवसायी प्रविन गुरुङ्गको नेतृत्वमा झण्डै एक हप्ता लामो अनलाईन छलफल र वहसपछि कार्यविभाजन गरी समिति गठन गरिएको संयोजक प्रविन गुरुङ्गले जानकारी दिनुभयो । प्रविन गुरुङ्गको संयोजकत्वमा गठन भएको मध्यपूर्व क्षेत्रीय उद्धार समितिले राहत कोष समेत गरिने जानकारी दिनुभयो ।

समिति गठनपछि संचारकर्मीसंग कुरा गर्दै संयोक प्रविन गुरुङ्गले यस समिति मार्फत मध्यपूर्वमा रहेका सम्पूर्ण नेपालीहरुलाई आउन सक्ने संभावित समस्या समाधान संगै राहात कोषबाट आएको पैसाले नेपालको दुर्गम क्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गर्ने जानकारी दिनुभयो । ‘अहिले कतार लगाएत मध्यपूर्वमा रहेका सबै एनसीसीले आ-आफ्नो देशको सरकार र च्यारिटी संस्थाहरुसंग मिलेर राहत सामाग्री वितरण, सचेतना एवं सहजीकरण गरि रहेका छन् ।अब हामीले कोरोना र भविष्यमा आउन सक्ने संभावित यस्तै विपत्तिको लागि भन्दै दिगो रुपमा दिर्घकालिन योजना राखेर राहत कोष खडा गर्दै छौं ‘ गुरुङ्गले भन्नुभयो । साथै, ‘समितिले राहत कोष मार्फत पहिलो चरणमा मध्यपूर्वमा भएका समस्यामा सहजीकरण गर्ने छ भेन बचेको केहि पैसाले स्वास्थ्य सामाग्री, खाद्यान्न लगाए राहतको सामग्री किनेर स्थानिय प्रशासन र हाम्रो प्रतिनिधिको रोहवरमा वितरण गर्ने छौँ, ’ संयोजक गुरुङ्गले भविष्यमा मध्यपूर्वमा परिआउने जस्तोसुकै समस्यालाई एनआरएनले सहयोग गर्ने बताउनु भयो ।

त्यसैगरी, समितिका उप-संयोजकमा युएईलाई कर्मथलो बनाएर व्यवसाय संचालन गरेका यूवा व्यवसायी एवं एनआरएनए मध्यपूर्व उप-संयोजक मनोज कुमार श्रेष्ठ गोर्खाली र प्रवक्तामा साउदी अरबका राजेन्द्र अर्याल जोन चयन हुनु भएको छ ।

कॊरॊना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै गइरहेकॊ प्रति सचेत हुँदै त्यसबाट नेपाली श्रमिकहरुको जीवनरक्षा र आवश्यक भरणपाेषण पनि गर्ने उदेश्य लिएर यो समिति गठन गरिएको समितिका सहसंयोजक मनोज कुमार श्रेष्ठले बताएका छन् ।

उक्त समितिले मध्यपूर्वका सम्पूर्ण राजदुताबासबाट दैनिक विवरण प्रत्येक एनसीसी मार्फत जानकारी लिनेछन् । त्यसैगरी,कॊरॊना भाईरसको महामारी दिनप्रतिदिन बढ्दै गइरहेकॊ प्रति नेपालीहरुलाई सजक रहन प्रोत्साहित गर्नुपर्ने जिम्मेवारी पनि दिइएको समितिका प्रवक्ता राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

प्रवासमा रहेका नेपाली श्रमिकहरुमा भइपरी आउनसक्ने संभावित परिस्थितिलाई सहजीकरण गर्नका लागि यस समितिले सदैव सचेत रही काम गर्ने बताइएको छ । अनलाइन मार्फत सम्पूर्ण नेपालीहरूसँग सम्पर्क गरी आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि समितिको तोकिएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत नेपाल सरकारकॊ आवहानलाई सम्पूर्ण प्रवासी कामदारहरू माझ पुर्‍याउने काम समितिलाई दिएको छ । मध्यपूर्व स्तरीय उद्दार समितिको सदस्यहरुमा कतारबाट मध्यपूर्व यूवा संयोजक राज रेग्मी, आईसिसि सदस्य रमेश भट्ट, आइसीसी सदस्य अब्दुल बासिद, आइसीसी सदस्य होमनाथ शर्मा, आईसिसि सदस्य यूवराज शर्मा, आइसीसी सदस्य केबी हमाल र एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानलाई सदस्यमा चयन गरिएको छ ।

त्यसैगरी, समितिको सदस्यहरुमा यूएईबाट नवीन पौडेल, राजु केसी, नेत्रप्रसाद शर्मा, ठाकुरप्रसाद ढुंगाना र प्रकास कोईरालालाई चयन गरिएको छ भने साउदी अरबबाट सदस्यहरुमा यास्मिन बेगम सैयद, नारायण पासवान, तेज थापा चयन गरिएको छ ।

नव समित कुवेतबाट सुमित्रा पौडेल, अमित राई र सुजन केसीलाई सदस्यमा चयन गरिएको छ भने बहराइनबाट लालप्रसाद पुन र लक्ष्मी गिरी एवं ओमनबाट अजय यादब र सेवन्त पुर्जा पुन चयन गरिएको संयोजक प्रविन गुरुङ्गले जानकारी गराएका छन् ।

त्यसैगरी, मितिलाई आवश्यक सरसल्लाह र समन्वयको लागि एक सल्लाहकार मण्डल पनि गठन गरिएको छ । सल्लाहाकार मण्डलमा कतारबाट आर के शर्मा, टीबी कार्की, नरेन्द्र भाट, महेन्द्र चम्लागाई, कमलमणि गुरागाई, बिमल सुबेदी, बिल गुरुङ, बिनोद भट्टराई र सनी ओलीलाई चयन गरिएको छ ।

त्यसैगरी, सल्लाहकार मण्डलमा यूएईबाट गोपाल कडेल, मोहन शर्मा र कृष्ण प्रसाद भट्टराई एवं साउदी अरबबाट राजु सैयद र रमेश भण्डारी रहेका छन् भने ओमन बाट डीबी क्षेत्री र धर्मराज गिरी तथा कुवेतबाट सुरज मास्केलाई चयन गरिएको छ । समितिको मिडिया संयोजकमा युएईबाट मेघराज सापकोटा चयन भएका छन् । मिडिया समुहका अन्य सदस्यहरुमा कतारबाट यूवा व्यवसायी एवं दीप संचार मिडियाका प्रधान सम्पादक दिप जङ्ग शाह, साउदी अरबबाट शुक्र मुक्तान, युएईबाट शुवास शर्मा, बहराइनबाट अमर श्रेष्ठ र कुवेतबाट माधब शाही चयन गरिएको छ ।

उक्त समितिले सम्पर्कको लागि बिभिन्न एनसिसी अध्यक्षहरुको मोबाईल नम्बर सार्वजनिक गरेको छ । जस अनुसार कुबेतका लागि सुजन केसी – 0096594471222, युएईका लागि प्रकाश कोईराला – 00971506581443, बहराईनका लागि लक्ष्मी गिरी – 0097338112370, कतारका लागि मोहम्मद मुक्तदा – 0097474449592, ओमनका लागि सेवन्त पुर्जा – 0096891754079 र साउदी अरबका लागि तेज थापा – 00966504438377लाई सम्पर्क गर्न सकिने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -