Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२२:५१ दिउँसो
- ADVERTISEMENT -

कुवेतमा एक नेपालीमा कोरोना संक्रमण भेटियो, सचेत रहन दूतावासको अपिल

प्रकाशित मिति: २०७६ चैत २०, बिहीबार

567
Shares

काठमाडौं, २० चैत्र २०७६ । कुवेतमा एक जना नेपाली सहित संक्रमितको संख्या ३१७ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले बुधवार एक नेपालीमा कोरोनाको संक्रमण देखा परेको जानकारी दिएको हो ।

कुवेत स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २८ जनामा नयाँ संक्रमित देखिएका मध्ये एक जना नेपाली नागरिक समेत कोरोनाको संक्रमण देखा परेको दूतावासले बताएको छ ।

कुवेतमा रहेको नेपाली राजदुतावासले विश्व स्वास्थ्य संगठनले जारी गरेको संक्रमणबाट बच्ने उपाय अवलम्बन गर्न कुवेतमा रहेका नेपालीलाई आग्रह गरेको छ ।

नेपाल सरकार र कुवेत सरकारद्धारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्णय, निर्देशन तथा सान्दर्भिक जानकारीहरु दिदै आएको समेत दूतावासले अवगत गराएको छ ।

दूतावासले कुवेतमा रहेका नेपालीलाई सरसफाईमा विशेष ध्यान दिन र सावुन पानीले पटक पटक हात धुन, मास्क तथा स्यानिटाइजर्सको प्रयोग गर्न, भिडभाडमा नजान, सामाजिक दूरी कायम गर्न, अत्यावश्यक काम बाहेक अन्य प्रयोनका लागि घरबाट ननिक्लन अपिल गरेको छ ।
आफू संक्रमित भएको शंका लागेमा अविलम्ब नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

भयभित नभई उच्च मनोबलका साथ सजग, सचेत एवं सुरक्षित रहन साथै निराधार हल्लाको पछि नलाग्न समेत दूतावासले अनुरोध गरेको छ ।
कोरोना भाइरस संक्रमणको थप जानकारी लिन लागि स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न सकिने दूतावासले बताएको छ । गोरखापत्रको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -