Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२३:५९ दिउँसो
- ADVERTISEMENT -

कतारले क्वारेन्टाइन र आइसोलेसनमा रहेका श्रमिकको पूरा तलब दिने

प्रकाशित मिति: २०७६ चैत १९, बुधबार

891
Shares

कतार, १९ चैत २०७६ । कतारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पूरा तलव पाउने स्पष्ट गरेको छ । मन्त्रालयका सहायक उपसचिव मोहम्मद हसन अल ओर्वाइद्लीले कम्पनीहरूले श्रमिकको पूर्ण खर्च व्यवहोर्ने बताएका हुन् ।

ओर्वाइद्लीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने ‘हामीलाई थाहा छ की उनीहरू (श्रमिक) लाई क्वारेण्टाइन वा आइसोलेसनमा राखिएको भनेको हामी सबैलाई सुरक्षित राख्नका लागि नै हो र कम्पनीहरूले उनीहरूको सम्पूर्ण खर्च व्यवहोर्नु पर्दछ ।’

कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले श्रमिकलाई पूरा तलव दिनु अनिवार्य रहेको भन्दै हरेक कम्पनीहरू तथा रोजगारदाताहरूले कानून पालना गर्नुपर्ने बताएको छ ।

कतारले विशेषगरी साना तथा मझौला व्यवसायीलाई वर्तमान संकटको समयमा श्रमिकलाई तलब भुक्तानीका लागि ३ अर्ब कतारी रियाल बराबर राहत उपलब्ध गराउने भएको छ । जुन बैंकमार्फत ऋणका रुपमा लिन सकिन्छ । तर, सो रकम व्यवसायीले नगद निकाल्न पाउने छैनन् । किनकि श्रमिकको खातामा बैंकले सोझै भुक्तानी गरिदिने मन्त्रालयले स्पष्ट पारेको छ ।

हाल कतार बाहिर रहेका श्रमिकको हकमा भने उनीहरूले कम्पनीका लागि काम गर्नु नपरेका कारण उनीहरूले बेतलवी बिदा पाउनेछन् । यसअगाडी कतारले श्रमिकको कुनै गुनासो भएमा गुनासो दर्ताका लागि हटलाइनको व्यवस्था गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -