जापान, १५ चैत २०७६ । कोरोना भाइरसका कारण विश्वभर एक विषम परिस्थिति सृजना भएको यहाँलाई अवगत नै छ ।
विश्वभर हजारौंको ज्यान गैसकेको छ भने लाखौँमा यसको संक्रमण देखिएको छ र यो डर लाग्दो महामारीबाट हाम्रो देश पनि अछुतो रहन सकेन ।
नेपालमा हाल स्वास्थ्य सम्वन्धी सामग्रीको अत्यन्तै अभावका कारण कोरोना भाइरसको टेष्ट समेत सबै क्षेत्रमा हुन सकिरहेको छैन र काठमाण्डौंका सिमित अस्पतालले मात्र यो भाइरसको संक्रमण थेग्न सक्ने अवस्था पनि छैन ।
यसै सन्दर्भमा २२ मार्च २०२० का दिन बसेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ७२औं बैठकले यस विश्वब्यापी महामारीको विरुद्ध लड्नको लागि नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले कम्तिमा १ करोड रुपैंयाँ संकलन गर्ने निर्णय गरेको र कोरोना भाइरसको परीक्षणमा अति आवश्यक स्वास्थ्य समग्रीहरु नेपाल सरकारको सम्बन्धित निकायमा जतिसक्दो चाँडो उपलब्ध गराउने अधिकतम प्रयास भैरहेको जानकारी गराउदै ,हाम्रो यस अभियानमा यहाँको सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं ।
महाभुकम्प्प, बाढी पहिरो लगायतका आपतकालिन अवस्थामा झैं कोरोना महामारीको यस संकटपूर्ण परिस्थितिमा सदा झैं यहाँको सहयोगको ठूलो अपेक्षा राख्दै ,यहाँको सहयोगले ‘नेपालीका लागि नेपाली’ भन्ने संघको भावना अनुरुप थुप्रै देशबासीलाई राहत मिल्नेछ भन्नेमा हामीले पूर्ण विस्वास लिएका छौँ ।
सहयोगका लागि संघको आपतकालिन खाता देहाय वमोजिम रहेको जानकारी गराउन चाहन्छौं ।
Bank Name : Sanima Bank Limited
Branch Name : Alkapuri, Kathmandu
Account No : 024010510000034
Beneficiary : NRNA EMERGENCY FUND
SwiftCode : SNMANPKA
भवदिय,
महेशकुमार श्रेष्ठ
कोषाध्यक्ष तथा संयोजक
कोरोना पीडीत राहत कोष





































