न्युयोर्क, १२ चैत २०७६ । लामो समयदेखि न्युयोर्कमा बसोबास गर्दै आएका एक जना नेपाली नागरिकको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ ।
गत शुक्रबारदेखि न्युयोर्कको क्वीन्सस्थित एलमहस्ट अस्पतालमा उपचाररत ४७ वर्षीय नेपाली नागरिकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको न्युयोर्कस्थित नेपाली कन्सुलेट पुष्पराज भट्टराईले जानकारी दिए । मृतकका आफन्तले फोनमार्फत आफूलाई खबर गरेको कन्सुलेट भट्टराईले बताए ।





































