जापान, ११ चैत २०७६ ।
आफू पनि बचौं अरुलाई पनि बचाऔं ।
आदरणीय बुबा आमा दाजुभाई दिदीबहिनीहरु,
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली जन सम्पर्क समिती जापानले आज एक सुचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यदि कोही कसैमा रुघा खोकी लाग्ने, कडा ज्वरो आउने लगायतका कोरोनासँग मिल्दोजुल्दो लक्षण भेटिएमा तुरुन्त उपचार गराउन अनुरोध गरेको छ ।
आफ्नो सरसफाई र सुरक्षामा ध्यान दिनु होला । साबुनपानीले हात धुने, माक्स लगाएर बस्ने, खोक्दा, हाक्षियू गर्दा नाकमुख छोप्ने गरौं । घरमै बसेर सागपात, दुधदही, झोलिलो खानेकुरा बढि खाऔं । चुरोट, सुर्ति, जाडरक्सी लगायतका धुम्रपान र मध्यपानबाट टाढा रहौं । यति गरेयौं भने कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।
जापानमा आजसम्म भयावह स्थिती देखा परेको छैन, नआवस भनि हामी कामना गर्दछौं । आजको परिस्थितिमा एकले अर्कोलाई सहयोग गर्न आवश्यक रहेको छ ।
कोरोनाको विषयमा, नेपाल सरकार, नेपाली रातदुताबास जापान, जापान सरकार र बिश्व स्वास्थ्य संगठनबाट आएका आधिकारीक साबधानिका उपाएहरु सबैले पालना गर्न अनुरोध समेत गरेको छ ।





































