टोकियो, ११ चैत २०७६ । गैरआवासीय नेपाली संघ( एनआरएनए) जापानले एनआरएनए आईसीसी मार्फत प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैँया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
उक्त प्रतिबद्दता रकम संकलनका निम्ति एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको संयोजकत्त्वमा उपाध्यक्ष नबिन निउरे, सचिव टिकाराम खरेल, कोषाध्यक्ष कालिका थापा, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, महिला संयोजक संगीता अधिकारी, सदस्य श्याम खड्का र रामकृष्ण श्रेष्ठ तथा सबै क्षेत्रीय संयोजक सदस्य रहने गरी १७ सदस्यीय आर्थिक संकलन समितिपनि गठन गरिएको छ ।





































