- ADVERTISEMENT -

लण्डनमा बस्दै आएकी एक नेपाली महिलालाई कोरोना भाइरस संक्रमण

March 23, 2020
717
Shares
- ADVERTISEMENT -

काठमाडौं, १० चैत २०७६ । लण्डनमा बस्दै आएकी एक नेपाली महिलाले आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेकी छन् ।

भगवती रानाभाट नामकी नेपाली महिला १० दिनको सेल्फ़ आईसोलेसनमा बसेपछि हाल अस्पताल भर्ना भएकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

रानाभाटले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु कोरोना भाइरसबाट संक्रमित भएको र अरुले पनि सावधानि अपनाउन भनेर जानकारी दिएको बताइन ।

सक्रमणको परेको १३ दिनसम्म पनि निको हुने कुनै छाटकाट नभएको बताउदै कोभिड–१९ ले अत्यन्तै पिडा दिएको बताएकी छिन् ।

- ADVERTISEMENT -

Advertisement

उनले आफन्त अनि साथिभाईमा थप भयावह र त्रास उत्पन्न होला भनेर १२ दिनसम्म कर्सैलाई नबताएको जनाकारी दिइन । तर पछि सबै सबै सचेत बनुन् र यो पीडा अरुले भोग्नु नपरोस् भन्ने उद्देश्यले आफूले नै यो जानकारी शेयर गरेको बताएकी छिन् ।

रानाभाटले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै । यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाटै छैन। फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचेँ सबैले सावधानी अपनाउन सक्नुहुने छ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध ।’

शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन् । उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको बताइएको छ ।

पारिवारिक श्रोतका अनुसार, गत ८ तारिख दिउँसो उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि उच्च ज्वरोले सताएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -