- ADVERTISEMENT -

जापानमा भण्डारीलाई कोरोना भाईरस सहजीकरण संयोजक नियुक्त

March 21, 2020
888
Shares
- ADVERTISEMENT -

टोकियो, ८ चैत २०७६ । गैरआवासीय नेपाली संघ जापानले एलिजा केसी भण्डारीलाई कोरोना भाईरस सहजीकरण संयोजक तोकेको छ ।

एनआरएनए आईसीसीको परिपत्र अनुरुप,एनआरएनए  जापानको तर्फबाट कोरोना भाईरसबारे, नजिकबाट अध्यन गरिरहनु भएकी र पब्लिक हेल्थमा पीएचडी गर्दै रहनु भएकी साथै एनआरएनए जापानको उच्चस्तरीय समिति सदस्य समेत रहनुभएकी एलिजा केसी भण्डारीलाई  मनोनीत गरीएको हो ।

- ADVERTISEMENT -

Advertisement

एनआरएनए जापानका अध्यक्ष, देवीलाल भण्डारीका अनुसार, यस  अभियानको लागि अब छिट्टैनै संयोजकहरुको  मातहतमा बिभिन्न क्षेत्रबाट पनि समन्वयकर्ताहरु लाई मनोनित गरी,  नेपाली समुदायलाई कोरोना भाईरसको प्रकोपबाट बचाउनका निम्ति आवस्यक कदम चालिने छ ।

त्यस्तै, महासचिव जनक विक्रम शाहीका अनुसार जापानमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई यस विषम परिस्थिति बाट बच्न सावधानीका उपायहरु अवलम्बन गरी सुरक्षित रहनका लागि जनचेतना फैलाउन बनेको यस संयन्त्रमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

एनआरएनए जापानले , हाललाई कोरोना भाईरस सम्बन्धि कुनैपनी आवस्यक जानकारीको लागि संयोजक एलिजा केसी भण्डारी , एनआरएनए जापान कार्यसमिति तथा हेल्पलाईन नम्बर ०८० – ९७०० – ६०११ र क्षेत्रीय संयोजकहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

नवनियुक्त संयोजक केसीसंग,  ईमेल :- 18mp204 @ slcn . ac . jp  मेलमार्फत तथा  सम्पर्क नम्बर :0 90 – 6565 – 4748 मा सम्पर्क गर्न सकिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -