जापान, २७ फागुन २०७६ । निलुवा समाज जापानको सक्रियतामा आर्थिक रकम संकलन गरिएको छ ।
निमोनिया र मुटुको समस्याबाट पिडित टोकियोका श्याम शर्मा गैरेको उपचारका लागि उक्त रकम संकलन गरिएको हो।
उक्त समाजका अध्यक्ष भक्त बहादुर खत्री लगायत कार्य समितिका सदस्यहरुको सक्रियतामा जापानमा क्रियाशिल विभिन्न संघ सस्थाहरुबाट संकलन गरिएको ८ लाख ६३ हजार येन आर्थिक रकम एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।
गल्कोट चमुवा निवासी श्याम शर्मा गैरे निमोनिया र मुटुको समस्याबाट पिडित हुनु भएको कारण हाल एक महिनादेखि जापानको चिवाकेन अस्पतालको आइसियुमा उपचार गराइ रहनु भएको छ ।
उक्त संकलन गरिएको आर्थिक रकम हस्तान्तरण मिलन के सी, रमेश खत्री, कृष्ण प्रसाद सुवेदी, थम बहादुर क्षेत्री, बिष्णु प्रसाद सुवेदी, श्याम शर्मा, पबित्रा सुवेदी, माया खत्री, रामु कडेल, रामु सुवेदी, टिम माया सुवेदी, तुल बहादुर खत्री लगायत अन्य महानुभावको उपस्थित रहेको थियो ।





































