- ADVERTISEMENT -

नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक

March 9, 2020
513
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, २६ फागुन २०७६ । नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।

आइतबार कतार सरकारले सूचना जारी गर्दै आज (सोबार) बाट लागु हुने गरी नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको हो ।

- ADVERTISEMENT -

Advertisement

कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडानबन्द गरिसकेको छ ।

सयभन्दा बढी मुलुकका कामदार रहेको कतारमा झन्डै चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन्।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै कतारले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १०० भन्दा देशमा फैलिइसकेको छ ।

सोमबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय २८ जनाको मृत्यु भएको छभने एक लाख १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । करिब ६२ हजार भने निको भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -