- ADVERTISEMENT -

बेलायतमा एनआरएन केन्द्रिय अध्यक्ष पन्तलाई “कालो झन्डा”

March 6, 2020
726
Shares
- ADVERTISEMENT -

लन्डन, २३ फागुन २०७६ । ‘स्वामी भक्त बाँदरले मालिकको नाक काट्छ’ भन्ने नेपाली उखान एनआरएनमा चरितार्थ भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं जन्मदिन भनेर आयोजना गरिएको कार्यक्रममा भाग लिन जर्मनीबाट आईपुगेका एनआरएनएका केन्द्रिय अध्यक्ष कुमार पन्तलाई कार्यक्रमस्थलमै कालो झन्डा देखाइ विरोध जनाइएको छ। अल्डरशटस्थित एम्पायरमा रेड कार्पेटमा स्कटिस कल्चर पाइपर धुन बजाएर गरिएको स्वागत कार्यक्रमको केहि बेरमै कालो झन्डा देखाइएको थियो।

- ADVERTISEMENT -

Advertisement

“धेरै साथीहरुले यहाँ नआउन भन्नु भएको थियो, तर एनसीसीले निम्ता गरे पछि म जान्छु भनें,” पन्त ले भने। तर उनलाई बेलायत बोलाएर संस्थाभित्र विद्रोह जन्माउने र बेइज्जत गराउनमा उनका अति प्रियपात्रहरु नै जिम्मेवार रहेको विश्लेषकहरु बताउंछन् । एनआरएनका निर्वाचित पदाधिकारीहरु तथा कैयौं सल्लाहकार तथा संस्थापकहरुले बहिस्कार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले आफु धेरै एनसीसीहरुमा पुग्ने गरेको तर यो टाइपको बानिव्यहोरा बेलायतमा मात्रै देखाइने गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

“जिन्दाबाद ठिक हो तर…।। वाद चाहिं जरुरी छैन,” उनले भने। कार्यक्रम शुरु भएको केहि बेरमा एनआरएन युकेसंग आवद्ध केहि महिला अभियन्ताहरुले ‘आर्थिक अनियमितताको छानबिन गर, कुमार पन्त फिर्ता जाउ’ भन्दै कालो झन्डा देखाएका थिए। उनीहरुले नेपाल दूतावासले पनि विवादित कार्यक्रममा प्रतिनिधि पठाएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

- ADVERTISEMENT -

Advertisement

संस्थालाई विधिविधान भन्दा एकलौटीरुपमा संचालन गरेको र ४ करोड घोटालाको कार्य विरुद्ध कालो झण्डा देखाउदै शान्तिपूर्ण विरोध गरिरहेका महिलाहरु लाई,मान्छेहरुको भिड बढेपछि त्यहाबाट अगाडी एनआरएन युकेका केहि व्यक्तिहरुले धकेदै गरेकोभिडियो सार्बजनिक गरेका थिए।

कार्यक्रममा बोल्दै एनआरएनएका केन्द्रिय महासचिव डा। हेमराज शर्माले एनआरएनए अहिले २५ करोड घाटामा गएको जनाए।”एनआरएनलाई क्यान्सर लागि सकेको छैन, बच्ने सम्भावना छ,” उनले भने। उनले एनआरएनको केन्द्रिय भवन प्रकरणबारे एक समितिले अध्ययन गरी छिट्टै एउटा श्वेतपत्र प्रकाशित गरिने जानकारी पनि दिए।

निकै प्रचार प्रसार गरिएको कार्यक्रममा झन्डै १०० जनाको मात्र उपस्थिति थियो।

एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले संस्थाको विवाद संस्थाभित्रै छलफल गरिनु पर्ने बताइन्। तर सिंगो कार्य समितिलाई बाईपास गरेर केन्द्रबाट मनोनित आइसीसी सदस्यलाई आर्थिक कारोबार समेत गर्ने गरी किन कार्यक्रमको संयोजक बनाइयो भन्ने प्रश्नको उनले जवाफ दिइनन्।

एनआरएन युकेका चारजना उपाध्यक्ष तथा कोषाध्यक्षले बुधबार राती एक पत्रकार सम्मेलन गरी कार्यसमितिको अनुमोदन बिना नै सल्लाहकारहरु घोषणा गरिएको भन्दै विधान विपरित आयोजित कार्यक्रममा आफुहरु नजाने घोषणा गरेका थिए।

निर्वाचित उपाध्यक्षहरु प्रेम गाहामगर, नारायणदत्त कंडेल, रामचन्द्र पोखरेल, मोहन कार्की, कोषाध्यक्ष तेजेन्द्र रोका मगर लगायतले कार्यक्रम बहिस्कार गरेका थिए। एनआरएन युकेका कोषाध्यक्ष तेजेन्द्र रोका मगरले यो विवादित कार्यक्रमको आय व्ययको छानबिन गरिने जनाएका छन्।

विश्वभरि कोरोना भाइरसको संक्रमण फैलीरहेका बेला खादा र माला लगाउने एउटा औपचारिक कार्यक्रममा आएर अध्यक्ष पन्तले बेलायतस्थित नेपाली समाजलाई भांड्न रातदिन सक्रियहरुलाई नै सघाएको भन्दै आलोचना बढीरहेको छ। लन्डन नेपाल न्युजको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -