हङकङ, २८ माघ २०७६ । गैरआवासीय नेपाली संघ, हङकङले कोरोना भाइरस लाग्न नदिन निःशुल्क सर्जिकल मास्क वितरण गर्ने भएको छ ।
एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए हङकङले सर्जिकल मास्क वितरणको मिति, स्थान र समय चाँडै तय गर्ने जानकारी दिएका छन् ।
कोरोना भाइरसबाट हङकङ लगायतका देशहरु प्रभावित भइरहेको सन्दर्भमा एनआरएनए हङकङले सर्जिकल मास्क निःशुल्क वितरण गर्न लागेको हो ।
हङकङमा सो भाइरसको संक्रममणमा अहिलेसम्म कोही नपरेको सुखद पक्ष रहेको जानकारी दिँदै अध्यक्ष गुरुङले सतर्क रहन सबैमा अनुरोध गरेको छ ।






































