Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०५:५९ बिहान
- ADVERTISEMENT -

सोनाम ल्होछार विविध साँस्कृतिक कार्यक्रम जापानमा सम्पन्न

प्रकाशित मिति: २०७६ माघ २२, बुधबार

769
Shares

टोकियो, २२ माघ २०७६ । तामाङ जातिको महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार २८५६ औं जीवा ल्हो (मुसा वर्ग) को पावन अवसरमा नेपाल तामाङ समाज जापान केन्द्रीय कार्य समितिको आयोजनामा आईतबार (सन् २०२० फेब्रुअरी २ तारिख) का दिन नेरिमा बुँखा सेन्टरमा आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बुको प्रमुख आतिथ्यमा “विविध साँस्कृतिक कार्यक्रम” भव्य रुपमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि एवं आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष लिम्बुले तामाङ जातिको मौलिक बाजा डम्फू बजाएर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । औपचारिक कार्यक्रमको नेपाल तामाङ समाज जापानका महासचिव बलराम लामाले कार्यक्रमको संचालन र समाजका केन्द्रीय सदस्य धनेन्द्र तामाङले आयोजक संस्थाको तर्फबाट कार्यक्रममा उपस्थित प्रमुख अतिथि,विशेष अतिथि,अतिथि गण र समस्त महानुभावहरुमा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल अहिंसावादी बौंद्ध धर्म विश्व शान्ति चक्र संघका केन्द्रीय अध्यक्ष एवं विशेष अतिथि खेन्पो पेमा सम्बाले बौंद्ध धर्मनुसार मोलम तथा पुजापाठ र संक्षिप्त धार्मिक प्रवचन दिनु भएको सो कार्यक्रममा विशेष अतिथिको रुपमा एन आर एन ए जापानका अध्यक्ष देवीलाल भण्डारी,एन आर एन ए जापानका उपाध्यक्ष अनिता गुरुङ,आदिवासी जनजाति महासंघ जापानका संस्थापक अध्यक्ष एवं जिएमइका अध्यक्ष ओम गुरुङ,एन आर एन ए का सल्लाहकार एवं नेपाल तामाङ समाज जापानका सल्लाहकार हवलचन्द्र लामा,भेटघाट नेपाली रेष्टुरेण्टका प्रोप्राईटर ददिवल खड्का,नेपाल तामाङ समाज जापानका पूर्वअध्यक्ष कर्मवाङ्गेल लामा लगायतका विशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुले बक्ताको क्रममा सोनाम ल्होछारको शुभकामना आदानप्रदान ,ल्होछारको महत्व र नेपाल तामाङ समाज जापानले खेल्नुपर्ने भूमिका,गरेका गतिविधिका  सवालमा आ- आफ्नो तरिकाले मन्तव्य प्रकट गरेका थिए। त्यस्तै गरि नेपाल तामाङ समाज जापानले आयोजना गरेको सो कार्यक्रममा नेपाल तामाङ समाज जापानका निवर्तमान अध्यक्ष कुमार मोक्तान, जापानमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुमा नेपाल व्यवसायी संघ अध्यक्ष विजय थकाली, मगर संघ अध्यक्ष नवीन थापामगर, तमुधी प्रतिनिधि सौंगात गुरुङ, थकाली सेवा समिति अध्यक्ष बुद्धि गौंचन, शेर्पा संघ अध्यक्ष छेवाङ जङबु शेर्पा लामा, पत्रकार महासंघ अध्यक्ष मोहन घले, प्रवासी नेपाली एकता मञ्च प्रतिनिधि बेलु थापा,गोल्ड स्पोन्सर कार्साङ तामाङ, सिल्भर स्पोन्सरहरुमा विमल सापकोटा, विनम्र खत्री, मनिष मगर लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

औपचारिक कार्यक्रमको पहिलो सत्र समापनपश्चात नेपाल तामाङ समाज जापानका केन्द्रीय सचिव सजिना मोक्तान,समाजका प्रतिनिधिहरु विनोद स्याङतान,ललिता तामाङले विविध सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको सिलसिलाबद्ध तरिकाले संचालन गरेका थिए ।

तामाङ समाजमा त्यस्मापनि तामाङ सेलोका वरिष्ठ गायक प्रेम लोप्चनले जब मञ्चमा चढेर आफ्नो प्रस्तुतिहरु आसन सर्दो मन पर्दो,स्याउ स्याउ नाना,कोदोको ढिंडो जस्ता चर्चित गितहरु राख्दा मञ्चमा र नेरिमा बुंखा सेन्टर भित्र सहभागिहरु भव्यताकासाथ दिल खोलेर सँग सँगै नाँचेका थिए ।

त्यसैगरी जापानमा रहेका कलाकारहरु कर्म दोङ,आर।के।स्याङतान,टासी लामा,भ्वाइस अफ नेपालका प्रतियोगी कुमार गुरुङ”काले” र स्थानिय कलाकारहरुले विभिन्न गितमा नृत्य गर्दा कार्यक्रमको माहोल संगितमय बनेको थियो ।

वैदेशिक रोजगारमा र अध्ययनका लागि जापानमा रहेका तामाङ तथा गैर तामाङ दाजुभाई तथा दिदिबहिनीहरुको व्यापक सहभागिता रहेको उक्त सोनाम ल्होछार विविध साँस्कृतिक कार्यक्रम नेपाल तामाङ समाज जापानका केन्द्रीय अध्यक्ष रुविना तामाङको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -