जापान, २० माघ २०७६ । जनसम्पर्क समिति जापानमा रोशन के सी (लालबहादुर) को कार्यसमितिलाई अधिवेशन गराउने जिम्मेवारी दिइएको छ ।
नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको गत भाद्र १७ गतेको बैठकले पार्टीसंग आबद्ध बिदेशस्थित नेपाली जन सम्पर्क समितिको समय म्याद समाप्त भएका जन सम्पर्कको अधिबेशन गर्ने निर्णय गरिएको हो ।
नेपाली काङ्ग्रेस बिधान २०१७ (ससोधन सहित) र नियमावली २०७६ को ब्यवस्था बमोजिम जन सम्पर्क समितिको अधिबेशन सम्पन्न गराउनु पर्ने प्राबधान रहेको छ ।
नेपाली जनसम्पर्क समिति जापानमा आबद्द सबै कार्यकर्ताहरुमा बिगत १ बर्षदेखी अन्यौलग्रस्त नेपाली जन सम्पर्क समिति जापानले आज २० माघ २०७६ को दिनदेखि लागू हुने गरी लाल बहादुर के सी (रोशन के सी) को नेतृत्वको समितिले ६ महिना भित्र अधिवेशन गराउने जिम्मेवारी पाउन सफल भएको मुख्य सचिब कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।






































