लण्डन, १९ माघ २०७६ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) संस्थाको हरेक क्षेत्रमा सुधार गर्न लागिपरेको महेश श्रेष्ठले बताउनु भएको छ । विशेषगरी एनआरएनए संस्थाको आर्थिक स्थितिलाई पारदर्शी बनाउन र चनुावी प्रणालीलाई सुधार गर्न पहिलो प्राथमिकताका साथ लागेको देखिन्छ |
एनआरएनको आर्थिक स्थिति निकै नाजुक रहेको अवस्थामा एनआरएनएको कोषाध्यक्ष पदमा निर्वाचीत भएर आउनुभएको महेश श्रेष्ठले चुनावमै चार मन्त्र अगाडि सार्नुभएको थियो । यस संस्थालाई अगाडि बढाउन चार मन्त्र प्रस्तुत गर्दै चुनावमा प्रस्तुत हुनु भएको श्रेष्ठले सबैभन्दा बढी मत पनि प्राप्त गर्नुभयो । सबैको विश्वास जितेर निर्वाचित हुनुभएको कोषाध्यक्ष श्रेष्ठ अहिले भने संस्थालाई कसरी आर्थिक पारदर्शीता र उत्तरदायिपूर्ण बनाउने भन्ने विषयमा अहोरात्र खटिरहनु भएको छ ।
संस्थामा पारदर्शीता, इमानदारिता, मितब्ययिता र ठोस कार्ययोजना गरी चार मन्त्र लिएर विजयी श्रेष्ठले निर्वाचित भएसँगै संस्थामा सुधारको प्रयास थाल्नुभयो । विशेष गरि कोषाध्यक्ष श्रेष्ठले शूरुमा डिडिए प्रतिवेदन तयार पार्न लागि पर्नुभयो । संस्थाको विगतदेखि अहिलेसम्मको आर्थिक स्थिति कस्तो छ ? भनेर कोषाध्यक्ष श्रेष्ठले डिडिए रिपोर्ट तयार पार्नुभएको हो ।
डिडिए रिपोर्टसँगै आन्तरिक अडिटरबाट प्राप्त सुझावको आधारमा संघको लेखा प्रणालीलाई अझ बढी ब्यवस्थित, वैज्ञानिक र पारदर्शी बनाउदै संघलाई सँस्थागत गर्दै लग्ने योजना कोषाध्यक्ष श्रेष्ठको छ ।
कोषाध्यक्ष श्रेष्ठले नभन्दै निर्वाचित भएको तीन महिनामै संस्थाको आर्थिक प्रतीवेदन सार्वजनिक गर्नुभएको छ । आइसिसीको प्रतिवेदन सार्वजनीक गरेसँगै राष्ट्रिय समन्वय परिषद (एनसिसी ) हरुको समेत ३/३ महिनामा आर्थिक प्रतिवेदन गैर आवासिय नेपाली संघ केन्द्रीय कार्यालयमा बुझाउन अनुरोध गर्नुभएको छ ।





































