टोकियो, १६ माघ २०७६ । टोकियोको ओता वार्डको नाखारोकुगोस्थित तान्सेन भ्यु नामक ईन्डियन नेपाली रेस्टुरेन्टमा दुई जना भारतीय नागरिक जस्तो देखिने दुई व्यक्ति मृत फेला परेका छन् ।
अन्दाजी ४० वर्ष उमेरका दुई ब्यक्ति उक्त रेस्टुरेन्ट भित्र मृत भेटिएका थिए ।
पसल नजिकैको स्थानीय एक महिलाले पसल भित्र मानिस ढलिरहेको आशंका सहित प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थालमा पुगेको थियो । प्रहरी घटना स्थलमा पुग्दा दुबै जना मृत अवस्थामा रहेका थिए ।
प्रहरीका अनुसार, कोठामा कार्बनमोनो अक्साईडको मात्र अधिक रहेको थियो । जसका साथै नान बनाउने चुल्हो( तन्दुर) मा पनि आगो बलिरहेको थियो । यि सबै दृश्यहरुको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु निस्सासिएर मरेको हुनसक्ने आशंका गरिएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





































