- ADVERTISEMENT -

ईमदर नेपाल डट कम जापानबाट एक समारोहका साथमा शुभारम्भ

January 26, 2020
1174
Shares
- ADVERTISEMENT -

टोकियो, १२ माघ २०७६ । ईमदर नेपाल डट कम जापानबाट एक समारोहका साथमा शुभारम्भ गरिएको छ ।जापानको टोकियोमा आज एक बिशेष समारोहको आयोजना गरी ग्लोबल नेपालीहरुलाई समेट्ने उदेश्यका साथ ईमदर नेपाल डट कम अनलाइन नेपाली न्यूजको शुभारम्भ गरिएको छ ।

उक्त शुभारम्भ कार्यक्रमका जनसम्पर्क समिति जापानको पूर्व संयोजक भुपि गोबिन्द श्रेष्ठको प्रमुख आथित्यतामा, पत्रकार महासंघ जापान शाखाका सल्लाकार बेलुकाजी थापाको बिशेष आथित्यतामा,   जन-सम्पर्क समिति जापानका पूर्व सभापति डि पि कडेंल, जनसम्पर्क समिति जापानका उपाध्यक्ष राजेन्द्र जम्मरकट्टेल, जनसम्पर्क समिति जापानका महामन्त्री राम जंग कार्की, जनसम्पर्क समिति जापानका कोषाध्यक्ष बाबुराम सापकोटा, पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष पूर्ण चलाउने, पत्रकार महासंघ जापान शाखाका सदस्य बिश्वास आचार्य, एनआरएनएका पूर्व कोषाध्यक्ष दिपक थापा, एनआरएनए कान्तो क्षेत्रका उप-सभापति दिपेश के सी, सचिब बिमान सिंह मोक्तान, जि पि फ़ाउन्डेशन जापान शाखाका सचिब गणेश बिष्ट , अन्तरास्ट्रिय  नेपाली समाजका संयोजक पदम सिंह ठगुन्ना, नेपाली समुदाय लगायत अन्य अथिति महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

प्रमुख अतिथि जनसम्पर्क समिति जापानका पूर्व संयोजक भुपि गोबिन्द श्रेष्ठले ईमदर नेपाल डट कमले सबैलाई समान रुपमा सहभागिता गराउदै अधि बढ्न हौसला प्रदान गर्नुभयो साथै, जापान लगायत अन्य ठाउका समाचारलाई प्राथमिकतामा राख्नु पर्ने बताउनु हुदै सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

त्यसैगरी, बिशेष अथिति, अतिथि लगायत ईमदर नेपाल डट कम जापान ब्यूरोका प्रधान सम्पादक दुर्गा प्रसाद आचार्यले शुभकामना मन्तव्य दिनु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

ईमदर नेपाल डट कमले जापानबाट समग्र नेपालीहरुको सुचनाको अधिकारको लागि सदैब प्रयत्नका साथ अघि बढ़ने उदेश्यले जापानबाट आज शुभारम्भ गरिएको हो ।

ईमदर नेपाल डट कमको प्रबन्धकमा कृष्ण अर्याल रहनु भएको छ । त्यसैगरी, प्रबन्धक तथा सम्पादकमा राजेन्द्र भट्ट रहनु भएको छ । शुभारम्भ कार्यक्रम सिमपानी न्यूज डट कम का अध्यक्ष बिमल भट्टले संचालन गर्नु भएको थियो ।

नेपालबाट सम्पूर्ण ब्यबस्थापन सिमपानी अनलाइन मिडिया ग्रुपले व्यवस्थापन गर्नेछ भने जापानमा कालिका इन्टरनेशनलले ब्यबस्थापन गर्नेछ । बिश्बभर आफ्नो प्रबास व्यूरो राख्ने लक्ष्यका साथ अधि बढ़ने शुभारम्भ कार्यक्रममा जानकारी गराइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -