Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५४:३३ बिहान
- ADVERTISEMENT -

अमेरिकी एनआरएनका अगुवाहरू नै सामाजिक संजालमा अरूलाई बदनाम गर्ने गरिएको दाबी, राजिनामाको माग

प्रकाशित मिति: २०७६ माघ ११, शनिबार

740
Shares

अमेरिका, ११ माघ २०७६ । अमेरिकी एनआरएनका अगुवाहरू नै सामाजिक संजालमा अरूलाई बदनाम गर्ने एनआरएन अमेरिकामा अर्को दु:खद पटाक्षेप भएको छ । सीधा कुरा नामक छद्मभेषी फेसबुक प्रोफाईल पेज बनाएर आफ्ना मन नपरेका र बिरोधीहरूको खोईरो खन्ने, बदनाम गर्ने र चरित्र हत्यासम्म गर्ने हर्कत गर्दै आएको गिरोहको अगुवाई एनआरएनए अमेरिकाका प्रवक्ता ओमकुमार भट्टराई र सल्लाहकार शिव मल्लले गरेको दाबी गरिएको छ ।

आईटी विज्ञ एवं एनआरएन अमेरिकाका सन् २०१५ र २०१९ का कोषाध्यक्षका उम्मेद्वार प्रसन्न संग्रौलाले गत बुधवार बेलुकी फेसबुक लाईभ आएर आफूले सीधा कुरा फेसबुक प्रोफाईल पेज ह्याक गरेको र उक्त गिरोहको डिजिटल फुटप्रिण्ट पत्ता लगाउन र उक्त पेजको मेसेजमा यि दुई महानुभाव लगायतको मिलोमतोमा उक्त पेजमा प्रकाशन गर्ने विषयबस्तु र लेखाईबारे दोहोरो सम्बाद भएको स्क्रिनसट प्रमाणकारूपमा प्रस्तुत गरेका थि।

त्यसैगरी, आरोपित मध्ये एक, एनआरएन अमेरिकाका प्रवक्ता ओमकुमार भट्टराईले संग्रौलाको दाबीको खण्डन गर्दै आफ्नो फ़ेसबुक आईडी कसैले ह्याक गरी आफ्नो नामबाट अनेक लेखी बदनाम गराउन खोजेको जिकिर गर्दै यसको कानूनी उपचार खोज्ने बताएका छन् । त्यसैगरी, एनआरएन अमेरिका सल्लाहकार शिव मल्लले पनि आफूले कुनै नक्कली फेसबुक आईडी नबनाएको दाबी गर्दै आफूसंग संग्रैलाले दाबी गरेको जस्तो कुनै पनि डिभाईस (फ़ोन) नभएको भन्दै कानूनी उपचार खोज्ने प्रेस बिज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

संग्रौलाको फेसबुक लाईभ भिडियो हेर्नुहोस् साथै भट्टराई र मल्लद्वारा जारी खण्डन प्रेस बिज्ञप्ती

प्रवक्ता भट्टराई र सल्लाहकार मल्लले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग अमेरिकी नेपाली समुदायमा बढ्दो छ । अध्यक्ष सुनिल शाहसंगको सहकार्य र कृपाबाट प्रवक्ता र सल्लाहकार बनेका भट्टराई र मल्लको कारण शाह नेतृत्वले जनमानसबाट बँचेखुचेको विश्वास पनि गुमाएको छ । बिगतका चुनावी धाँधली, अनियमितता, दण्डहीनता, टिके प्रथा, अपारदर्शी काम कारवाही र चरम राजनैतिक चलखेलको कारण जानिफकारहरू यतिखेर एनआरएन अमेरिकाकै औचित्य र अष्तित्व माथि नै प्रश्न चिन्ह आएको बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -