कनेक्टिकट, के पी भट्ट, ७ माघ २०७६ । अमेरिकाको कनेक्टिकट राज्यमा माघे संक्रान्तिको अवसरमा शुभकामना तथा भेटधाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको सुदुरपश्चिमको विभिन्न जिल्लाबाट कनेक्टिकटमा राज्यमा विभिन्न ब्यापार, पेसा व्यवसाय संचालन गरी बसोबास गर्दै आउनु भएका नेपालीहरुले सो कार्यक्रम भब्य रुपमा मनाएका छन् ।
कर्म भुमी विदेशमा रहेर पनि आफ्नो कला, सॅस्कृति, चाडपर्ब, रितिरिवाज परम्परालाई निरन्तरता दिनको साथै आपसमा भेटघाट मित्रता कायम गर्नको लागि आफुहरुले सो कार्यक्रम आयोजना गरेको हरि प्रसाद जोशीले जानकीरी दिनुभयो ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवंम नेपाली काग्रेसका आमन्त्रित केन्दिय सदस्य आनन्द विष्ट, सुदुर पश्चिम समाज न्युयोर्क अमेरिकाका महासचिब जीवन बम, राष्टिय खेलाडी मकेन्द्र ब सिहं लगायत अन्य महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा जनसम्पर्क समिति अमेरिका सभापति विष्टले यस्ता कार्यक्रमले विदेशमा आफ्नो कला संस्कृतिको सम्मान हुनुको साथै आपसी भाईचारा बढने बताउनु भयो ।





































