टोकियो, ३ माघ २०७६ । पछिल्लो समय नेपाली बिधार्थीको लागी पढ़ाईसंगै बैदेशिक रोज़गारीको राम्रो गन्तव्य भनेको जापान रहेको छ ।
यतिबेला जापानमा विद्यार्थीका लागि निल्नु न उकेल्नु भएको छ । पढ़ाईसगैं पैसा समेत कमाउन प्रमुख उदेश्यले अध्ययन भिषामा जापान प्रबेश गरेका प्रा:य गरेर नेपाली बिधार्थी चर्को ब्याजमा ऋण लिएर जापान आउने संख्या बढी रहेको छ ।
खान र बस्नका लागि महँगो शहर जापान, भाषाको राम्रो ज्ञान नहुनु, सुरुमा कामको समस्यापछि काम पाएपछि पनि भिषा
नबिकरण नहुने डर त छदै तर पनि बाध्यताका कारण र प्रेसरको कारण पनि जापान सरकार तोकिएको भन्दा बढि काम गर्नुपर्ने नेपाली विद्यार्थीलाई एक थरि बाध्यता रहेको छ ।र अर्को कुरा सरकारले तोकेको २८ घण्टा काम गरेर कलेज खर्च तिर्न पनि नपुग्ने अवस्था जापानमा नेपाली विद्यार्थीको रहेको छ । खाना खर्च, बसाई, मोबाइल ख़र्च अनि अरु सामान्य खर्च गर्न पनि बढि काम गर्नु पर्ने हुन्छ ।

नेपालबाट जापान आउँदा लिएको ऋणको व्याजले झन पिरोली रहेको हुन्छ । परिवारको सदस्यका महत्वकांक्षा पनि स्वभाविकले बढेको र त्यसकारण नेपाली लगायत अन्य देशमा विद्यार्थी समय सिमाभन्दा बढि काम गरिरहेका हुन्छन ।
छिटै पैसा कमाउने महत्वकांक्षी सोचले गर्दा उज्ज्वल भविष्य सोचेर जापान आएका कयौं विद्यार्थीको भबिस्य अन्योल बनाएर नेपाल फर्कीन बाध्य हुनु परिरहेको छ ।
जापानमा ऑंफुले अध्ययन गरेको (गएको ) स्कुल कालो सुचिमा रहेको हुनुको कारणले तथा नियमित हाजिर नहुनुको कारणले गर्दा पनि भिषा नबिकरण नहुने समस्या हुन थालेको छ । अहिले जापानमा हरेक बिधार्थीको भिषा नबिकरणमा स्थानिय अफिसबाट काम के कति गरेको छ वा छैन डाटा लिने गरेको छ । बर्षमा करिब २० लाख भन्दा बढि आम्दानीको स्रोत देखिने बिधार्थीहरु भिषा नबिकरण नहुने मारमा परेका छन् ।
ईम्रीगेसनले ३० दिने भिषा दिई नेपाल फर्काएको यथेष्ट उदाहरण पनि छन् । पढ़ाई पूरा गरेर कामदार भिषामा परिवर्तन गर्न पनि पढाईको बिषय नमिलेको र विद्यार्थी हुँदा धेरै काम गरेको भन्दै भिषा परिवर्तनमा समस्या देखिन थालेको छ । केहि समय जापान बस्न बिकल्पको रुपमा रहेको शरणार्थी आबेदन पनि छोटो समयमा नै टुंगिने भएको हुँदा नेपाल फर्कनुको कुनै बिकल्प नै छैन ।
त्यसैले, जापान सरकारले दिएको समय सिमा भित्र रहेर काम गर्नु नै बिदेशी बिधार्थीको उत्तम उपाय नै त्यही हो ।





































