Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:२६ बिहान
- ADVERTISEMENT -

कतारको नासर अल अली इन्टरप्राइसेसका आठ जना नेपाली पुरस्कृत

प्रकाशित मिति: २०७६ माघ ३, शुक्रबार

825
Shares

कतार, ३ माघ २०७६ । आइ ओ एस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत आठजना नेपाली सम्मानित भएका छन् । उक्त कम्पनीमा कार्यरत कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले जनही पन्ध्र हजार रियालको दरले एक लाख बीस हजार रियालसहित सम्मानित गरिएको छ ।

जनही १५ हजार रियल नगदराशी सहित सम्मानित हुने नेपाली भाग्यमानीहरु इलामका पोष्टबहादुर गुरुङ, हरी माधव प्रसाद मण्डल, कृष्णराज शर्मा, पाल्पाका बलबहादुर चाहारे, रामु सादा, अर्घाखाँचीका हरीबहादुर घर्ती मगर, रुपन्देहीका धनबहादुर गुरुङ र अर्घाखाँचीका गुणखर नेपाली रहेका छन् ।

सन् २००८ मा कार्पेन्टरमा आएका इलामका पोष्टबहादुर गुरुङ स्काफोल्डीङ तालिम लिइसकेपछि अहिले सोही कम्पनीमा दक्ष स्काफोल्डर भइसकेका छन् । आफुले मेहनतको साथ आर्जन गरेको रकमले उनले शहरमा घरबार समेत जोडीसकेका छन् ।

त्यसैगरी, सन् २००८ मा मेसनमा आएका सप्तरीका हरी माधवप्रसाद मण्डल सोही कम्पनीमा अहिले सवै प्रकारको ट्रेडको काम गर्न सक्ने भइसकेका छन् । कृष्णराज शर्मा २००९ मा सोही कम्पनीमा आएका थिए । मेसनमा आएका शर्मा अहिले सवै प्रकारको ट्रेडको काम गर्न सक्छन् । उनले पनि सोही कम्पनीमा काम गरेर नै आफनो परिवारको लागि राम्रो आर्थिक स्रोत जोहो गरिसकेका छन् । हेल्परमा आएका पाल्पाका बलबहादुर चाहारे अहिले सिभिल फोरमेनमा पदोन्नती भइसकेका छन् ।

त्यसैगरी, रामु सादा २००८ मा सो कम्पनीमा आएका थिए उनले घरजग्गा जोड्नको साथै आफनो आर्थिक स्रोतमा सुधार गर्न सकेकाछन् भने अब आफुले पाएको सो इनाम रकमले जग्गा जोडने बताए ।

सन् २००८ मा नै आएका अर्घाखाँचीका हरीबहादुर घर्ती मगर पनि अहिले पदोन्नती भएर सोही कम्पनीमा सिभिल फोरमेन भइसकेका छन् ।

सन् २००९ मा आएका रुपन्देहीका धनबहादुर गुरुङ अहिले सोही कम्पनीमा दक्ष कामदार भइसकेका छन् उनी ट्रेडको जस्तोसुकै काम पनि गर्न दक्ष भइसकेका छन् ।

अर्घाखाँचीबाट २००८ मा आएका गुणखर नेपालीले पनि सोही कम्पनीमा काम गरेर आर्थिक सुधार राम्ररी गर्न सकेका छन् भने उनी राम्रो काम गरेवापत् अहिले सोही कम्पनीमा सिभिल फोरमेन समेत भइसकेका छन् ।

कम्पनीले दिने तलव पनि आकर्षक नै भएको बताउने जनही १५ हजार नगदराशी सहित साम्मानित भन्छन् “मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले कामदारहरु सवैसंग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अभिभावक हुन् । यस्तो राम्रो कम्पनीमा काम गर्न पाउनु आफुहरुको अहोभाग्य हो” भन्नुहुन्छ ।

आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रताको व्यवहार गर्ने गरेको समेत ती आठजना नेपाली कामदारहरुले बताए ।

आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको र आफना कामदारहरुलाई कुनैपनि समस्या भए सिधै आफनो कार्यालयमा आएर आफनो समस्या बताउन सक्ने बताउदै कम्पनी मालिक नासर अल अलीले आफुले मालिकको भन्दा पनि अभिभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले कामदारहरुको कुनै समस्या भए अभिभावकको रुपमै आफु समाधान गर्न सघाउने गरेको बताए ।

त्यसैगरी १० जना अन्य इमान्दार कामदारहरु मोहम्मद कविरुल इस्लाम, गुमाना राम विरमा राम, सोरीफुल मोहम्मद पन्जाव, मोहम्मद फिरोज फकिर, मोहम्मद जोनांगीर, मोहम्मद सामिनुल इस्लाम, सासुल रोवियुल, नासिर उद्दीन, मोहम्मद मोलाक मिया र किरण मियालाई कम्पनी मालिक नासर अल अलीले जनही १ हजार रियल नगदराशी सहित सम्मानित गरेको थिए ।

कम्पनी मालिकले भने ५ जना कामदारहरुलाई पनि इमान्दारीपुर्वक काम गरेवापत् ५/५ ग्रामको सुनको सिक्का पुरस्कारस्वरुप प्रदान गरेका थिए ।

समय समयमा आफनो कम्पनीमा कार्यरत् कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद राशी, प्रमाणपत्र आदिद्वारा पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइरहेका छन  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -