Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:१० बिहान
- ADVERTISEMENT -

फ्रान्समा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका साथै नेपाली टोपी दिवस भव्यताका साथ मनाइयो

प्रकाशित मिति: २०७६ पुस १७, बिहीबार

1540
Shares

फ्रान्स, १७ पौष २०७६ । महामहिम राजदूत दीपक अधिकारीको प्रमुख अथित्यतामा, गोर्खाली समाज फ्रान्सको आयोजनामा बिगतका वर्षहरु झैँ यस वर्ष पनि बार्षिक तालिका अनुसार यहि १ जनवरी सन् २०२० को पहिलो दिन फ्रान्सको आइफल टावर अगाडी नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका साथै अन्तरास्ट्रिय नेपाली टोपी दिवस तथा नयाँ बर्ष सन् २०२० को शुभकामना आदानप्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने नाराका साथ  ७ औं नेपाली ढाका टोपी दिवस नेपाल लगायत विश्वभर स्वत फुर्त रुपमा नेपालीहरुले टोपी दिवस मनाइरहदा फ्रान्सका नेपालीहरुले फ्रान्सको प्रमुख पर्यटकीय क्षेत्र आइफल टावरमा टोपी र नेपाली पोशाक लगाएर टोपी दिवस मनाएका हुन ।

साथै, नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएसंगै नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार र पर्यटन प्रवर्दनमा टेवा पुग्ने उदेश्यले कार्यक्रम गरिएको थियो । नेपालको पहिचान सहित कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई करिब ३०० जति पर्चा वितरण गरिएको थियो ।

चिसो मौसम, पानी परेता पनि बिदेशीले पनि प्ले कार्ड सहित जानकारी लिन र हर्न समेत भ्याएका थिए । आगन्तुक पर्यटकहरुले नेपाली सस्कृतिको बारेमा उत्सुक हुदै कार्यक्रममा सहभागिता जनाएका थिए ।

उप-प्रमुख उक्त कार्यक्रममा नियोग खड्ग प्रसाद दाहाल, नेपाली साँस्कृतिक गृहका सुरज श्रेष्ठ, मगर समाज फ्रान्सका अध्यक्ष रमेश थापा, नेपाली जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना, एन आर एन ए युवा संयोजक दिलिप गुरुङ, अन्तर्राष्ट्रिय टोपी प्रतिष्ठान, सस्कृति तथा सद्भावना दूत एन आर एन ए फ्रान्सका पुर्ब अध्यक्ष एवं समाजका सल्लाहकार निर्मल अर्याल, एन आर एन ए फ़्रान्सका संस्थापक अध्यक्ष एवं गोर्खाली समाज फ्रान्सका अभिभावक हरिहर अर्याल, भुतपुर्ब एन आर एन ए आई सी सी मिन जि सी लगायत अन्य अतिथि महानुभाबहरुको बाक्लो  उपस्थिति रहेको थियो ।

सोहि क्रममा बोल्दै गोर्खाली समाज फ्रान्सका अभिभाबक एब एन आर एन ए फ्रान्सका सस्थापक हरिहर अर्यालद्वारा नेपाली ढाका टोपीको बारेमा हाम्रो इतिहास र टोपीको महत्वको बारेमा जानकारी दिनु भएको थियो ।

साथै, एन आर एन ए फ्रान्सका पूर्व अध्यक्ष एब गोर्खाली समाजका सल्लाहकार आदरणीय निर्मल अर्यालले फ़्रेन्स भाषामा नेपाली ढाका टोपी र टोपी दिबसको महत्वका बारेमा प्रस्ट पार्दै  नेपाल भ्रमण वर्ष २०२० लाई आ-आफ्नो ठाउबाट सक्दो सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

त्यसैगरी, सास्कृतिक मन्च गोर्खाली समाज फ्रान्सका संयोजक एबम कबि सुजन राज भट्टले टोपी शिर्षकमा आफ्नो कबिता वाचन गर्नु भएको थियो ।

छोटो समयमा तयार गरीएको कार्यक्रम भएपनि आफ्नो अमुल्य समय दिएर गोर्खाली समाज फ्रान्सको आमन्त्रणलाई स्वीकार गरी ठुलो संख्यामा नेपालीहरुको उपस्थिति हुनुभएका उक्त कार्यक्रममा सगरमाथा र गौतम बुद्धको देश भनेर चिनाउने उदेश्यका साथ नेपालीहरु उस्तै पहिरनका साथमा उपस्थित भएका थिए । गोर्खाली समाज फ्रान्सका महासचिब राजेन्द्र श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्ने क्रममा गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीले आगन्तुक सम्पूर्ण महानुभाबहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -