- ADVERTISEMENT -

तामाङ समाज जापानको सातौं महाधिवेशन भब्य रुपमा सम्पन्न

January 2, 2020
588
Shares
- ADVERTISEMENT -

जापान ,पौंष १७ बिहिबार । प्रतिनिधि सभाका सांसद एवं पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यमा नेपाल तामाङ समाज जापानको सातौं राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।

समाजको सम्पन्न सातौं महाधिवेशनको निर्वाचन समितिका संयोजक हवलचन्द्र लामाको संयोजकत्वमा गठित समितिका सदस्यहरु कर्मवाङगेल लामा, कुमार वाईवा तामाङ रहेको समितिले नेपाल तामाङ समाज जापानको अध्यक्षमा रुविना तामाङको अध्यक्षतामा १९ सदस्सीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।

- ADVERTISEMENT -

Advertisement

समाजको वरिष्ठ उपाध्यक्षमा हिमाल तामाङ, उपाध्यक्षहरु क्रमश: रत्न तामाङ, हरिचन्द्र तामाङ, अधिराज तामाङ, अनिता तामाङ, त्यसैगरी, महासचिवमा बलराम तामाङ, सचिवमा विनोद तामाङ, सजिना मोक्तान, तेज तामाङ, त्यसैगरी, कोषाध्यक्षमा गिरबहादुर तामाङ, सह-कोषाध्यक्षमा स्मृति मोक्तान निर्वाचित हुनु भएको छ ।

त्यसैगरी, सदस्यहरुमा ललिता तामाङ, करसङ तामाङ, शुष्मा तामाङ, देवेन्द्र तामाङ, धनेन्द्र तामाङ दोर्जे तामाङ र चन्द्र तामाङलाई निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक हवलचन्द्र लामाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाल तामाङ घेदुङका सल्लाहकार हितबहादुर तामाङले नवनिर्वाचित कार्यसमितिलाई बधाईका साथै सफल कार्यकालको शुभकामना दिनु भएको थियो । उहाले जापान जस्तो व्यस्त देशमा रहेर तामाङ समुदायको भाषा, धर्म, संस्कृति, संस्कार संरक्षण तथा प्रवर्द्धनमा लागि परेकोमा धन्यवाद दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष रुबिनाले समाजका अग्रजहरुले विश्वास गरेर थप जिम्मेवारीका साथ कार्य गर्ने बताउनु भयो । जापानमा रहेको तामाङहरुलाई भाषा, धर्म, संस्कृति, संस्कार लगायतलाई संरक्षण तथा प्रवर्द्धनका लागि समाजले विभिन्न कार्यक्रमहरु गर्छौं, भन्नुभयो ।

कार्यक्रम निवर्तमान अध्यक्ष कुमार मोक्तानको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -