जापान, ६ पौष २०७६ । संसारभरी छरिएका नेपाली साहित्यकारहरुको आधिकारिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ले आफ्नो तेस्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन जापानमा गर्ने भएको छ ।

सन् २०२० को जनवरी १० तारिखदेखि १२ सम्म राजधानी टोक्योमा हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको अनेसास जापानका पूर्व अध्यक्ष तथा कार्यक्रमका संयोजक दीप पाठकले जानकारी दिनुभयो ।

उक्त सम्मेलनको उद्घाटन शत्र ११ तारिकका दिन शनिबार बिहान १० बजे हुनेछ ।

सम्मेलनमा केन्द्रीय कार्य समिति सदस्यहरु, बोर्ड अफ ट्रस्टीहरु उपस्थित हुनेछन् । त्यसैगरी, संसारभरी छरिएर रहेका दर्जनौ च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति हुने जनाइएको छ ।

‘संसारभरि छरिएर रहेका च्याप्टरका निर्वाचित सदस्य र केन्द्रीय प्रतिनिधिहरुबीच नजिकको सम्बन्ध बनाउन यस्तो सम्मेलन गरिन्छ ।‘ अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे भन्छन्, ‘मातृभूमिबाट टाढा रहेर पनि नेपाली साहित्यको प्रवद्र्धनमा लागिरहेका सयौं साहित्यकारहरुबीच सिर्जनाको गुणस्तर र हाम्रो साहित्यको अन्तर्राष्ट्रियकरणलाई पनि यस्ता कार्यक्रमहरुले मलजल गर्न मद्दत गर्दै आएको छ ।

सम्मेलनमा नेपाल, बेलायत, अस्ट्रेलिया, पोर्चुगल, कोरिया, इजरायल, कतार, जापान र अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका झण्डै सय साहित्यकारहरुको उपस्थिति हुने जनाइएको छ ।

प्रत्येक दुई वर्षमा हुने यस्तो सम्मलेन सन् २०१६ बाट सुरु गरिएको थियो । अघिल्लो पटक च्याप्टर सम्मेलन अमेरिकाको न्यु ह्यामशायरमा भएको थियो ।

‘विदेशमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्नु आफैमा निकै गाह्रो काम हो, तर यसअघिका अनुभवले हामीलाई साहित्यमा गर्नुपर्ने धेरै बाँकी रहेको बोध गराएको छ ।‘ संस्थाका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ भन्छन्, ‘यस्ता सम्मेलनमा उठेका विषयकै कारण नेपाली साहित्यलाई अंग्रेजीलगायतका भाषामा अनुवाद गर्न थालेका छौं । टोक्यो सम्मेलनले पनि केही महत्वपूर्ण घोषणा गर्नेछ । साहित्यकै लागि साथीभाइहरु रातोदिन खट्नु भएको छ । परदेशमा यो निकै ठूलो त्याग हो ।‘
सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने, सन्स्थाको आन्तरिक छलफल गर्ने, बिभिन्न बिसयमा सामुहिक बहस गर्ने र टोक्यो घोषणापत्र जारी गर्ने तयारी रहेको केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो ।

सम्मेलन केन्द्रीय कार्य समितीको आयोजना र जापान च्याप्टरको व्यबस्थापन र सन्योजन रहेको छ ।

हालै मात्र जापान च्याप्टरले गजलकार गिरिजा गैह्रेको नेतृत्त्वमा नया कार्यसमिती चुनिएपछी च्याप्टरमा झनै सक्रियता देखिएको छ । नवनिर्वाचित अध्यक्ष गैह्रे सम्मेलनका सह-संयोजक हुन । नेतृत्त्वमा नयाँ कार्यसमिती चुनिएपछी च्याप्टरमा झनै सक्रियता देखिएको छ । नवनिर्वाचित अध्यक्ष गैह्रे सम्मेलनका सह-संयोजक हुन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्