इजरायल, ३० मंसिर २०७६ । नेपाली जनसम्पर्क समिती इजरायलले डिसेम्बर १३ तारिखको दिन तेल अभिब स्थिति यसोधामाला ४४ मा नेपालको समृद्धिमा प्रबासी नेपालीको योगदान वैदेशिक रोजगारी र चुनौतीका सम्बन्धमा नेपाली काङ्ग्रेसको भुमिका बिषयक खुल्ला अन्तरक्रिया सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सभापतित्वको आशन ग्रहण नेपाली जनसम्पर्क समिती इजरायलका सभापति खगेस्वर अधिकारी रहेका थियो । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रखर बक्ता नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष प्रदिप पौडेलको प्रमुख आतिथ्यता र नेपाली काङ्ग्रेस धादिङ जिल्ला सभापति टानका पुर्व अध्यक्ष प्रखर बक्ता युवा नेता श्री रमेश प्रसाद धमलाको बिशिस्ट उपस्थितमा भएको थियो ।

उक्त कार्यक्रमका संयोजक महामन्त्री राज छत्कुलीले गरेका थिए भने कार्यक्रम संचालन महामन्त्री सुर्य बहादुर रानाले गर्नु भएको छ ।

कार्यक्रममा इजरायलमा रहेका राजनीतिक, सामाजिक, सञ्चारकर्मी, जातीय, धार्मिक साहित्यिक संघसंस्था प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा रास्ट्रको सम्मान स्वरुप राष्ट्रिय गीत गाउदै ज्ञात अज्ञात शहिदहरु प्रति मौन धारणा गरी कार्यक्रमका सभापति प्रमुख अतिथी बिशिस्ट अतिथी लगायत अन्य महानुभाबहरुबाट दिप प्रज्व्लन गरि कार्यक्रमको समुदघाटन गरिएको थियो ।

नेपाली काङ्ग्रेसका संस्थापक नेता समाजबाद सिद्धान्तका प्रतिपादक बिपि कोइरालाको तस्बिरमा माल्यापर्ण गरी सांस्कृतिक बिभाग प्रमुख लाल दुरा र सहमहामन्त्री माया खनाल, सुर्य राना समीर छन्त्याल, चित्र जुग्जाली र भरत धमलाले स्वागत गित गाउदै अतिथि लगायत उपस्थित सम्पुर्ण लाई स्वागतद्वारा स्वागत गर्नु भएको थियो ।
 
उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी प्रबक्ता रुकमाया खानलले राख्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्