लण्डन, २९ मंसिर २०७६ । गैर आवसीय नेपाली संघ (एनआरएनए ) को  नयाँ कार्य समितिले पुर्ण रुप पाउन सफल भएको छ । शनिबार राती साइबर कन्फ्रेन्स मार्फत बसेको बैठकबाट विभिन्न बिभागमा जिम्मेवारी बाडफाड गरी, २१ जना सदस्य मनोनीत, ५१ जना मानार्थ परिषदको गठन गरी पुर्णता पाउन सफल भएको हो ।

एनआरएनए नयाँ कार्य समितिमा २१ जना नयाँ कार्य समितिमा चयन गरिएको संघका प्रवक्ता डि बि क्षेत्रीले जानकारी दिनुभयो । मनोनित हुने सदस्यहरुमा युरोपबाट रामशरण सिम्खडा, भक्त गुरुङ, अनुजा प्रधान, प्रेम पमु र गुण राज शर्मा चयन हुनु भएको छ ।

त्यसैगरी, अमेरिकाबाट पासाङ शेर्पा, पुरुषोत्तम बोहोरा, डा हरि दाहाल, डा बिष्णु माया परियार, यमुना भट्टराई र प्रमोद सिटौला चयन हुनु भएको छ । त्यसैगरी, अस्ट्रेलियाबाट डा बिनोद श्रेष्ठ, डा बसुन्धारा भट्टराई र दुर्गा आचार्य चयन हुनु भएको छ ।

त्यसैगरी, मध्यपुर्बबाट नवीन पौडेल, यास्मिन बेगम, अब्दुल बसिद चयन हुनु भएको छ ।

त्यसैगरी, एशियाबाट नारायण प्रसाद सुवेदी, इन्दिरा सुजुकी, दासुराम पराजुली र शान्ति अधिकारी संघको केन्द्रिय सदस्यमा चयन हुनु भएको छ । उक्त बैठकबाट ५१ जनाको मानार्थ परिषद गठन गरिएको हो ।

त्यसैगरी, बिभिन्न बिभागको जिम्मेवारी अन्तर्गत एनआरएनए लगानी समितिको संयोजक अध्यक्ष कुमार पन्त, नेपाल भ्रमण बर्ष २०२० को संयोजकमा नि:बर्तमान अध्यक्ष भवन भट्ट, बैदेशिक रोजगारी संयोजकमा डा बद्री के सी, भु पु गोर्खा समन्वय समितिमा चन्द्र गुरुङ, नागरिकता निरन्तरता संयोजकमा राम प्रताप थापा, कार्यदल सदस्यमा सोनाम लामा चयन हुनु भएको छ ।

त्यसैगरी, पर्यटन तथा ब्यापारमा अर्जुन श्रेष्ठ, पर्यटन प्रवदनमा सपिला राज भण्डारी, भाषा तथा साहित्यमा हिक्मत थापा, बिदेशमा नेपाली सामान प्रवर्धनमा शिव बरुवाल, एनआरएन कलेज एकेडेमीमा मन के सी, एनआरएनए एकेडेमीमा  डा प्रमोद ढकाल, नेपाल बिज्ञान फाउन्डेशनमा डा राजु अधिकारी, बालबालिका शिक्षामा भुषण अधिकारी, महिला तथा युवामा रबिना थापा, महिला स्वास्थ्यमा रजनी प्रधान, खेल एकेडेमीमा हिमाल गुरुङ, भोकेस्नल शिक्षामा राम थापा, मानबिय सहायता तथा परोपकारमा सोनाम लामा, एक एनसीसी एक च्यारीटिमा रबिना थापा, नेपाल लाइब्रेरी परियोजनामा नरेश कोइराला, रक्त संचारमा फदिन्द्र पन्त, स्वास्थ्यमा  डा सन्जिब सापकोटालाई संयोजक तोकिएको छ ।

उक्त बैठकबाट प्रशासन प्रमुखमा संघका महा सचिब  डा हेमराज शर्मा लाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, सोही बैठकबाट स्मार्ट एनआरएनएमा गौरी जोशी, सदस्यता वितरणमा आर के शर्मा, प्रकाशनको जिम्मेवारी डि बि क्षेत्रीलाई संयोजक तोकिएको छ । अनुशासन समितिको संयोजकमा  डा अम्बिका अधिकारी, सदस्यहरुमा बिनोद भट्टराई, रबिन बज्राचार्य, पुष्प थापा र ओम गुरुङलाई तोकिएको छ ।

त्यसैगरी, सोही बैठकबाट बिधान संशोधन समितिको संयोजकमा भवानी ओलीलाई संयोजक तोकिएको छ । सदस्यहरुमा बिनोद भट्टराई, रबिन बज्राचार्य, पुष्प थापा र ओम गुरुङलाई तोकिएको छ ।

त्यसैगरी, निर्माण समितिको संयोजकमा धुर्ब सुवेदी र संघको नीति तर्जुमा समितिको संयोजकमा रामशरण सिम्खडा, संघको आर्थिक स्थायीत्व समिती संयोजकमा महेश श्रेष्ठ, आर्थिक संकलन समितिको संयोजकमा लोक दाहाल र एन आर एन ए फाउन्डेशनको

संयोजकमा एकनाथ खतिवडा चयन हुनु भएको संघका प्रवक्ता डि बि क्षेत्रीले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्