जापान, २० मंसिर २०७६ । जापानमा अध्ययनका लागि आएका २५ वार्षिय नेपालीको निधन भएको छ ।

टोकियोमा अध्ययन गर्दै आएका डडेलधुरा भद्र्पुर ५ घर भएका सुरज मल्लको असमाहिक निधन भएको हो ।

गत आइतबार उपचारका क्रममा निज मल्लको निधन भएको प्रहरीले जनाएको छ । मल्लको नेक्रोटाइजिङ्ग एन्टरोकोलाइटिस नामक रोगका कारण निधन भएको बुझिएको छ ।

प्राप्त जानकारी अनुसार नोभेम्बर ३० का दिन सास फेर्न गार्हो भएपछि इताबासी स्थित निहोन युनिभर्सिटी हस्पिटलमा भर्ना गरिएको थियो । निधनका बारेमा जापान राजदुतावास मार्फत परिवारलाई खबर गरिसकीएको बताएको छ ।

स्व मल्लका बाबा नेपाल बाट जापान आउने भएका छन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्