- ADVERTISEMENT -

अष्ट्रेलियामा कांग्रेसको शुभेच्छुक संस्था

December 3, 2019
938
Shares
- ADVERTISEMENT -

सिड्नी, १७ मङ्सिर २०७६ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समिति अस्ट्रेलिया (एनएसडब्लु) समिति गठन गरिएको छ ।

नेपाली कांग्रेसप्रति आस्था राख्ने प्रजातन्त्रवादीहरूको सिड्नीमा सम्पन्न बृहत् भेलाले राज्य समिति गठन गरिएको उक्त सस्था इथान शाक्यको अध्यक्षतामा समिति गठन भएको हो ।

- ADVERTISEMENT -

Advertisement

उक्त भेलाले समितिको उपाध्यक्षमा रामजी बस्नेत, महामन्त्रीद्वयमा सूर्य खनाल र निजन चौलागाइँ, सह–महामन्त्रीमा स्वतन्त्र बस्नेत, कोषाध्यक्षमा सोभितजंग कुँवरलाई चयन गरेको छ ।

त्यसैगरी, सदस्यहरूमा अर्जुन गौतम, सागर काफ्ले, श्रीपत तिवारी, कृष्ण पोखरेल, पुष्कर भट्ट, सन्देश राजभण्डारी, परमानन्द शाह र सुभम सिंहलाइ चयन गरिएको हो ।

समितिको सल्लाहकारहरूमा डा देबेन्द्र सापकोटा, प्रकाश हुमागाइँ, लक्ष्मण सापकोटा र भुपाल सिटौलालाई चयन भएका छन् ।

मुलुकभन्दा सात समुन्द्रपारी कर्मभूमिमा विचारले जोडिएका प्रजातन्त्रवादीहरूबीच देखिएको असमझदारीलाई आपसी छलफलबाट समाधान गर्न सकिने र फुटेर होइन जुटेर जानुपर्ने अहिलेको परिस्थितिमा समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -