जापान, ७ कात्तिक २०७६ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले नेपालीहरुको दोस्रो ठुलो महान् चाड शुभ दीपावली (तिहार) को अवसर पारेर देउसी भैलो कार्यक्रमका लागि आज कलाकार, बिशेष आतिथि रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानका निबर्तमान अध्यक्ष चन्द्र शर्मा जापान पुग्नु भएको छ ।

जापान एरपोर्टमा कार्यक्रमका बिशेष आतिथि रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानका निबर्तमान अध्यक्ष चन्द्र शर्मालाई स्वागत गरिएको थियो ।
जापानको मुख्य दुई शहरमा आयोजना हुन् गइरहेको कार्यक्रम फुकुओकामा अक्टोबर २७ आइतबार र टोकियोमा २८ सोमबार हुने आयोजकले जनाएको छ ।
प्रतिष्ठान जापान शाखाका कलाकारहरुको संयुक्त र एकल प्रस्तुतिसँगै रमाउन टोकियो र फुकुओका दुवै ठाउँमा कार्यक्रम हुनेछ ।

रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, जापान शाखाको मुख्य आयोजनामा जापानमा नै क्रियाशिल बिभिन्न संघ सस्थाहरूको उपस्थितिमा आउँदै गरेको नेपालीहरुको महान पर्ब शुभ दीपावलीको अबसरमा देउसी -भैलो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।
रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानका निबर्तमान अध्यक्ष चन्द्र शर्माको बिशेष आतिथ्यतामा यहि कात्तिक १२ गते तदनुसार अक्टुवर २७ तारिखका दिन Ajiwai Toyo Restaurant, Tokyo-to, Chiyoda_Ku, Nishikanda 2-2-13-B1-JR Shabu Line\Toei Mita Lin, Suidobashi Station मा हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान नेपाल, जापान शाखाका प्रबक्ता केशव पौडेलले जनाउनु भएको जानकारी दिनुभयो





































