Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:४६ दिउँसो
- ADVERTISEMENT -

एनआरएनएका पूर्वअध्यक्षहरुले आगामी विश्व सम्मेलनमा अध्यक्षका प्रत्यासी कुल आचार्यलाई सफलताका लागि शुभकामना व्यक्त

प्रकाशित मिति: २०७६ असोज १६, बिहीबार

895
Shares

काठमाडौं, १६ असोज २०७६ । गैरआवासीय नेपाली संघ एनआरएनएका पूर्वअध्यक्षहरुले आगामी विश्व सम्मेलनमा अध्यक्षका प्रत्यासी कुल आचार्यलाई सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको छ ।

पूर्वअध्यक्ष शेष घलेले इमेलमार्फत शुभकामना दिँदै वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका आचार्यले गैरआवासीय नेपाली संघलाई अझै गतिशील बनाउन सफल हुने विश्वास व्यक्त गर्नु गर्नु भएको हो ।

सन्देशमा घलेले गैरआवासीय नेपाली संघलाई अझै व्यवस्थित र समयसापेक्ष हिँडाउनका लागि आचार्यजस्तै योग्य नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो ।

गैरआवासीय नेपाली संघले विश्वभरिका नेपालीहरुलाई मुलुकको समृद्धि र आर्थिक विकासका लागि अध्यक्षका प्रत्याशी आचार्यले गरेको प्रस्ताव सकारात्मक भएको बताउँदै घलेले यसका लागि सहयोग गर्ने वचन दिनुभयो । ‘गैरआवासीय नेपाली संघलाई समयसापेक्ष अघि बढाउन सक्ने नेतृत्व आवश्यक छ, यसको विकल्प छैन,’ सन्देशमा भनिएको छ, ‘पछिल्लो चरणमा संगठनमा काम गरिरहेका सबै साथीहरुको मूल्याङ्कन गर्दा अध्यक्षको जिम्मेवारी तपाई (कुल आचार्य) ले लिनुभयो भने संगठन अझै सशक्त हुने हाम्रो विश्वास छ।’

त्यस्तै संघभित्र प्रभावशाली ठानिने अर्का पूर्व अध्यक्ष जीवा लामिछानेले पनि एक इमेल पठाउंदै आचार्यको उम्मेदवारीका लागि शुभकामना व्यक्त गर्नु भएको छ

अध्यक्षमा आचार्यलाई ‘सहज’ हुदै

गैरआवासीय नेपाली संघ एनआरएनएको नेतृत्वमा वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तबीच हुँदैछ ।

पूर्वअध्यक्षहरु देवमान हिराचन, शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले उपाध्यक्ष कुल आचार्यलाई अध्यक्ष बनाउन पहल गरिरहनु भएको छ । ‘पूर्वअध्यक्षहरु अभिभावकका रुपमा अगाडि आउनु भएको छ, संस्थालाई गतिशील र सुदृढ बनाउन सक्षम युवा नेतृत्वमा आउनु पर्छ भन्ने उहाँहरुको प्रष्टोक्ति छ, त्यसैले पनि अध्यक्षमा आचार्यलाई निकै सहज भएको छ,’ गैरआवासीय नेपाली संघका एक पदाधिकारीले भन्नुभयो ।

विभिन्न देशको भ्रमणमा आचार्य

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षका प्रत्यासी आचार्य चुनावी अभियानमा सक्रिय छन् । आचार्यले कुवेत र बहराइन पुगेर त्यहाँ रहेका नेपालीहरुसँग छलफल गर्नु भएको छ । ‘एनआरएनएको नवौं विश्व सम्मेलनको तयारीकै क्रममा कुवेत र बहराइनका साथीहरुसँग छलफल र भेटघाट गरेको हुँ,’  ‘साथीहरुबाट हाम्रो अभियानलाई साथ दिन बचन पाएको छु, र उहाँहरुले काम पनि सुरु गरिसक्नु भएको छ।’भन्नुभयो ।

बिहीबार कुवेत पुगेका आचार्य शुक्रबार बहराइन गएर गैरआवासीय नेपाली संघका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रमा क्रियाशील नेपालीहरुसँग छलफल गर्नु भएको थियो । ‘धेरै पहिलेदेखि नै हामीले सहकार्य गर्दै आएका छौं, अब अझ सशक्त ढंगले अघि बढ्नु पर्ने आवश्यकता छ,’, ‘विश्वव्यापी रुपमा साथीहरुको सहयोग र हौसला पाएको छु, जिम्मेवारी बढेको बोध भएको छ।’ आचार्यले भन्नुभयो ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -