अमेरिका, १२ असोज २०७६ । अमेरिकाको लुजियानामा एक सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
लुजियानाको स्टेट युनिभर्सिटीमा अध्ययनरत सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनलाई आफ्नो घर जाने क्रममा गत सोमबार सवारी साधनले ठक्कर दिएको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा बिहीबार मृत्यु भएको थियो ।





































