जापान, १० असोज २०७६ । जापान सहयोज नियोग जाइकाको औपचारिक भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई जापानका लागि नेपाली राजदुत टोकियोले दिएको रात्रिभोज मन्त्री पुनले बसिस्कार गरेका छन् ।
सिँचाइ मन्त्री वर्षमान पुनसहितको टोली जापान आउदा जापान स्थित ओसाका र हानेदा बिमानस्थलमा स्वागत गर्न कोही पनि दुताबासको प्रतिनिधि उपस्थिति नभएकाले रात्रीभोजमा बिबाद उत्पन्न भएकोस्रोतले जनाएको छ ।
जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले मन्त्री पुन जापान आउने कुनै औपचारिक जानकारी नभएको बताउदै बिमानस्थलमा स्वागत तथा औपचारिक भेटघाट गर्न नपाएको मन्त्री सचिवालयले जनाएको छ ।
जापानका लागि नेपाली राजदुत टोकियोले मन्त्री पुनको स्वागत गर्न एक नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको रात्रि भोजमा एक आपसमा सहकार्य र समन्वय नभएपछि पुन उक्त भोज बहिस्कार गरेका हुन् ।
उच्चस्तरीय भेटवार्तामा मन्त्री पुनसंगै जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नेपालविद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत जापान आउनु भएको थियो ।





































