टोकियो, १७ भाद्र २०७६ । कानागावा नेपाली कम्युनिटी जापानले भब्य रुपमा तिज कार्यक्रम सम्पन्न गरेको छ ।
आईतबार योकोहामाको निसीचीकु सेन्टरमा तिजको अबसरमा राखेको कार्यक्रममा नेपालीसंगै जापानी पनि तिजको गीत र नाचँमा रमाएका थिए ।
सोहि अबसरमा नयाँ कार्यसमितिको समेत घोषणा गरेको छ ।
२ बर्ष कार्यकाल रहेको कम्युनिटीको नयाँ कार्यसमितिमा पुन: हरी सापकोटाको अध्यक्ष बनेका छन् ।
कार्यसमितिको उपाध्यक्षमा सिदार्थ श्रेष्ठ, मनिष अमात्य, धुर्ब कुमार थापा सचिवमा यमाकान्त कंडेल, सहसचिबमा प्रेम प्रसाद कंडेल, टिकाराम कंडेल, कोषाध्यक्षमा गणेशजंग राणा सह-कोषाध्यक्षमा जस्मिन जोशी कर्मचार्य रहेको संस्थाका उपाध्यक्ष मनिष अमात्यले जानकारी दिनुभयो ।

नयाँ कार्यसमिति घोषणा कार्यक्रममा प्रमुख अतिथि जिज्ञान कुमार थापाले खानागावा नेपाली कम्युनिटिले जापानीहरु बिचको राम्रो सम्बन्ध का कारण पनि हेर्ने नजर अरु कम्युनिटि भन्दा फरक रहेको बताउनु भयो ।
सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन निबर्तमान सचिव राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रममा एन आर एन ए का प्रतिनिधि तथा बिभिन्न राजनीति दलका प्रबास संगठनका प्रतिनिधि एवम् बिभिन्न पेसा ब्यबसायमा आबद्ब ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
नेपालीसंगै जापानीहरुको पनि बाक्लो सहभागी रहेको थियो । नेपाली कलाकारहरु भावना आचार्य, सुर्य खड्का, अमित सापकोटा खेमराज पौडेलको तिज गित प्रस्तुतिले सबैलाई नचाएका थिए ।





































